लोड हुँदै...
लोड हुँदै...
stc
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

सर्बदलीय बैठक

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संयोजक दाहालले घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुनसक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक रहेको बताउनुभयो ।

Advertisement
न्युज बिहानी
न्युज बिहानी
Shares
संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ, १३ साउनः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत सुनसरीको देवानगन्जमा उत्पन्न परिस्थितिलाई सहज बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा उहाँले सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट भई अघि बढ्नुपर्ने बताउनुभयो ।

“यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ”, उहाँले भन्नुभयो । बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गर्दै संयोजक दाहालले विषम परिस्थितिमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री दाहालले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । 

Advertisement

विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपद् तथा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै संयोजक दाहालले अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता औँल्याउनुभयो । उहाँले सुनसरी घटनाका सम्बन्धमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टीपङ्क्तिलाई आवश्यक निर्देशनसमेत दिएको बताउनुभयो ।संयोजक दाहालले घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुनसक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक रहेको बताउनुभयो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisement

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Made with by Yubraj Pandeya