लोड हुँदै...
लोड हुँदै...
stc
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

राजनीति

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

मन्त्रालयले तोकेको इमेलमार्फत सुझाव संकलन गरी ऐन तथा नियमावली संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकले अबदेखि नियमित रूपमा बैठक बस्ने निर्णय गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासँग सम्बन्धित समस्या समयमै समाधान गर्न समन्वयात्मक भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मङ्गलबार बसेको बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६ को दफा ७ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन हाल सञ्चालनमा रहेको दर्ता तथा नवीकरण प्रणालीलाई सार्वजनिक आह्वानमार्फत अझ प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकले ऐन तथा नियमावलीमा आवश्यक संशोधनका लागि समितिमा आबद्ध सदस्य संस्थाका प्रतिनिधिहरूसँग लिखित सुझाव माग्ने निर्णय पनि गरेको छ। मन्त्रालयले तोकेको इमेलमार्फत सुझाव संकलन गरी ऐन तथा नियमावली संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ।

समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालयले छुट्टै डेडिकेटेड इमेल समूह सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त इमेलमार्फत बैठकका एजेन्डा,निर्णय तथा अन्य आवश्यक सूचनाको नियमित आदानप्रदान गरिनेछ।
बैठकले हालसम्म भएका कामको समीक्षा,विगतका गतिविधिको दस्तावेजीकरण तथा आगामी कार्ययोजना तयार गर्न तीन सदस्यीय उपसमिति पनि गठन गरेको छ। उपसमितिमा डा.कुन्जाङ शेर्पा, डा.सञ्जिव तिवारी र रोजिना तण्डुकार सदस्य रहेका छन्।

यसैगरी,समितिको अर्को बैठक एक महिनाभित्र बस्ने निर्णय गरिएको छ। नियमित बैठक सञ्चालनबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विषयमा देखिएका समस्या समयमै सम्बोधन हुने तथा आवश्यक नीतिगत निर्णयहरू प्रभावकारी रूपमा अघि बढ्ने विश्वास समितिले व्यक्त गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Made with by Yubraj Pandeya