लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

रोल्पा र जाजरकोट पहिरो : चार दिनमा २१ जनाको मृत्यु, एक बेपत्ता

समाचार

रोल्पा र जाजरकोट पहिरो : चार दिनमा २१ जनाको मृत्यु, एक बेपत्ता

घटनालगत्तै बसेको प्राधिकरणको बैठकले हिमाली तथा पहाडी क्षेत्रका कतिपय स्थानमा लगातार वर्षा हुँदा जमिन गलेको, सोको कारण पहिरोको घटना र जोखिम बढ्दै गएको उल्लेख गरेको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
रोल्पा र जाजरकोट पहिरो : चार दिनमा २१ जनाको मृत्यु, एक बेपत्ता

प्राकृतिक विपत्तिमा परी पछिल्लो चार दिनमा रोल्पा र जाजरकोटमा गरी २१ जनाले ज्यान गुमाएका छन् । लगातारको वर्षापछि आएको पहिरोमा एकजना बेपत्ता र ११ जना घाइते भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार लगातारको वर्षापछि रोल्पाको थवाङ, सुनछहारी र लुङ्री गाउँपालिकामा भीषण पहिरो गएको छ । ती घटनामा हालसम्म १७ जनाले ज्यान गुमाएका छन् । जसमध्ये थवाङमा गएको पहिरोमा मात्रै ज्यान गुमाउनेको संख्या १२ छ । एकजना बेपत्ता भएका छन् भने दुईजना गम्भीर घाइते भएका छन् । त्यस्तै, सुनछहारीमा चार र लुङ्रीमा एकजनाले ज्यान गुमाएका छन् । त्यसबाहेक जाजरकोटको भेरी नगरपालिका– २ मा गएको पहिरोमा परी थप चारजनाले ज्यान गुमाएका छन् । 

प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो चार दिनयता गएको भीषण पहिरोमा परी ज्यान गुमाउनेको संख्या २१ पुगेको र एकजना बेपत्ता भएको बताइन् । ‘चार दिनयता आएको लगातारको वर्षापछि ठाउँठाउँमा पहिरो गएको छ । घटना परी हालसम्म २१ जनाले ज्यान गुमाएका छन् । एकजना बेपत्ता छन् । घाइेतको संख्या ११ पुगेको छ । उद्धारका लागि स्थानीय तह, रेडक्रसदेखि सुरक्षाकर्मीसमेत परिचालन गरिएका छन्,’ उनले भनिन् । 

प्राधिकरणले थवाङ, सुनछहारी र लुङ्री गाउँपालिकामा गएको पहिरो अध्ययन गर्न समिति गठन गरेको छ । उक्त समितिले भेरी नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिकामा गएको पहिरोको पनि भूगर्भ अध्ययन गर्नेछ । उनीहरूलाई अबको तीन दिनभित्र घटनास्थल पुग्न प्राधिकरणले निर्देशन दिएको छ । घटनालगत्तै बसेको प्राधिकरणको बैठकले हिमाली तथा पहाडी क्षेत्रका कतिपय स्थानमा लगातार वर्षा हुँदा जमिन गलेको, सोको कारण पहिरोको घटना र जोखिम बढ्दै गएको उल्लेख गरेको छ । साथै अन्य स्थानमा समेत बाढी, आकस्मिक बाढी, गेग्रान बहाव र डुबानजस्ता प्रकोपको जोखिम रहेको भन्दै प्राधिकरणले मनसुन अवधिभर थप सतर्कता अपनाउन सचेत गराएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

कहाँ कतिको मृत्यु ?
थवाङ गापा (रोल्पा) : १२
सुनछहारी गापा (रोल्पा) : ४
भेरी नपा (जाजरकोट) : ४
लुङ्री गापा (रोल्पा) : १


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।