लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ

खेलकुद

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ

टोलीलाई क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, सदस्य वीरेन्द्रबहादुर चन्दलगायतले बिदाइ गर्नुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ

काठमाडौँ, ३१ साउनः अष्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’मा सहभागिता जनाउने नेपाल ‘ए’ क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज यहाँ आयोजित कार्यक्रमबीच टोलीको बिदाइ गरेको हो । टोलीलाई क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, सदस्य वीरेन्द्रबहादुर चन्दलगायतले बिदाइ गर्नुभयो । उपाध्यक्ष सिंहले टोलीलाई शुभकामना दिँदै उत्कृष्ट नतिजाको आशा राखेको बताए ।

“नेपाली टोलीले जित्दा सबैले प्रशंसा पाउँछौँ । हार्दा बढी प्रश्न खेलाडीभन्दा क्यानमाथि तेस्र्याइन्छ । यसपालि हाम्रा खेलाडीले उत्कृष्ट खेल्नेमा आशावादी छौँ”, उपाध्यक्ष सिंहले भने । टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ को कप्तानी अनिलकुमार साहले गर्नेछन् । टोलीमा कुशल भुर्तेल, लोकेश बम, मयन यादव, तृतराज दास, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, शाहब आलम, विपिन खत्री, रिजन ढकाल, नारायण जोशी, आकाश चन्द र युवराज खत्री पनि रहेका छन् ।  

प्रतियोगिता अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुनेछ । अगस्ट २१ तारिखदेखि सुरु हुने उक्त सिरिजमा नेपालले लिग चरणमा ६ खेलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले २१ अगस्टमा एनटी स्ट्राइकको सामना गर्नेछ । नेपालले दोस्रो पटक टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।