लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नापीको सरुवा यसपटक पनि विवाद

समाचार

नापीको सरुवा यसपटक पनि विवाद

मालदार मानिने कार्यालयबाट मालदार कार्यालयमै कर्मचारी सार्ने प्रवृत्ति यसपटकको सरुवामा पनि दोहोरिएको देखिन्छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नापीको  सरुवा यसपटक पनि विवाद

काठमाडौँ । यसअघि विवादमा परेर फिर्ता भएको नापी कर्मचारीको सरुवा अहिले पनि विवादमुक्त हुन सकेन । आर्थिक लेनदेनका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै उजुरी परेपछि अघिल्लो सरुवा निर्णय फिर्ता लिएको नापी विभागले यसपटक पनि नियमसंगत र न्यायोचित सरुवा गर्न नसकेको आरोप लागेको छ । 

मालदार मानिने कार्यालयबाट मालदार कार्यालयमै कर्मचारी सार्ने प्रवृत्ति यसपटकको सरुवामा पनि दोहोरिएको देखिन्छ । यसअघि विवादमा परेका कतिपय कर्मचारीलाई समेत पुनः सुगम र आकर्षक मानिने कार्यालयमा जिम्मेवारी दिइएको छ । यसले नापी विभागको सरुवा प्रणालीमाथि पुनः प्रश्न उठाएको छ ।

नापी विभागले मंसिर ११ गते गरेको निर्णयअनुसार राजपत्रांकित तृतीय श्रेणीका १५९ जना नापी अधिकृतको सरुवा गरेको छ । सरुवा सूचीमा आकर्षक मानिने कार्यालयमा कर्मचारीको अदलबदललाई प्राथमिकता दिइएको देखिन्छ । सरुवा सूचीअनुसार मुकेशकुमार यादवलाई ललितपुरबाट दमक, योगेन्द्रकुमार यादवलाई कलंकीबाट दमक, गोविन्दराज जोशीलाई कास्कीबाट कावासोती र जगन्नाथ जोशीलाई ललितपुरबाट कावासोती पठाइएको छ ।

त्यस्तै, लालबहादुर सलामीलाई कावासोतीबाट डिल्लीबजार, विकास सापकोटालाई कावासोतीबाट कास्की र शक्तिप्रकाश जोशीलाई बेलबारीबाट ललितपुर सरुवा गरिएको छ । मालदार मानिने कार्यालयमा वर्षौंदेखि कर्मचारीको आकर्षण रहँदै आएको छ । दुर्गम र कम आकर्षक कार्यालयमा कर्मचारी पठाउने विषयमा उदासीनता देखाउने तर सुगम तथा आकर्षक कार्यालयमा भने कर्मचारीको पहुँच र प्रभावका आधारमा सरुवा हुने गरेको आरोप पटकपटक उठ्ने गरेको छ । 

यसअघि नै सरुवामा आर्थिक चलखेल भएको भन्दै विवाद उत्पन्न भइसकेको अवस्थामा विभागले यसपटकको निर्णय गर्दा सरुवाको आधार, मापदण्ड र कर्मचारीको कार्यकाललाई कति प्राथमिकता दियो भन्ने प्रश्न उठेको छ ।अघिल्लो विवादबाट पाठ नसिकेको विभागले यसपटकको सरुवामा पनि निष्पक्षता र पारदर्शिता कायम गर्न नसकेको हो कि भन्ने प्रश्न कर्मचारी वृत्तमा उठ्न थालेको छ । अझ आर्थिक लेनदेनमा नयाँ सरुवा सूची आएको धेरैको आरोप छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup