लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

राजनीति

मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

न्युज बिहानी
न्युज बिहानी
Shares
मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गर्नुभएको छ । उहाँले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दाबी गर्नुभएको छ ।

ट्रम्पको घोषणाअघि अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउसले इरानका सम्भावित सैन्य लक्ष्यमा आक्रमणको योजना बनाउन पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक गरेका थिए । यसैबीच, हर्मुज जलघाँटीमा तनाव र यमनका इरानसमर्थित हुथी तथा साउदी अरबबीचको शत्रुताले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५.८८ अमेरिकी डलरसम्म पुगेको थियो ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेपछि बढेको इन्धनको मूल्यप्रति अमेरिकी मतदाता असन्तुष्ट रहेको जनमत सर्वेक्षणले देखाएका छन् । युद्ध अन्त्य भएपछि मूल्य घट्ने ट्रम्पको दाबीले मतदातालाई आश्वस्त पार्न सकेको छैन ।

अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा बहुमत गुमाउन सक्ने जोखिम छ । डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत पाए आफूले तेस्रो महाभियोग सामना गर्नुपर्ने ट्रम्पले चेतावनी दिनुभएको छ ।

इरानले लस एन्जलस र सान डियागोमा आक्रमण गर्न सक्ने आशयको अभिव्यक्तिलाई लिएर भएको आलोचनापछि ट्रम्पले सञ्चारमाध्यमले आफ्नो भनाइको गलत व्याख्या गरेको आरोप लगाउनुभयो । इरानसँग आणविक हतियार नभएको अवस्थामा पेट्रोलको मूल्यमा भएको अस्थायी वृद्धि सानो मूल्य भएको उहाँले बताउनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup