लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

अमेरिकाले गर्यो होर्मुजमा कार्गो जहाजमा आक्रमण

राजनीति

अमेरिकाले गर्यो होर्मुजमा कार्गो जहाजमा आक्रमण

यस अवधिमा उनीहरूले नौवटा कार्गो जहाजहरू निश्क्रिय पार्नुका साथै १४० भन्दा बढी जहाज पुनः निर्देशित गरेको जनाइएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
अमेरिकाले गर्यो  होर्मुजमा कार्गो जहाजमा आक्रमण

स्टेट अफ होर्मुजमा अमेरिकी नाकाबंदी तोड्ने प्रयास गर्ने कार्गो जहाजमा अमेरिकी हेलिकप्टरले मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ । 
युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समा अमेरिकी नौ –सेनाको एमएच–६० हेलिकप्टरले एम÷भि वेला नोभा कार्गो जहाजले अमेरिकी सेनाले बारम्बार जारी गरेको  चेतावनीलाई बेवास्ता गरी अगाडडी बढ्ने प्रयास गरेपछि आक्रमण गरी अघि बढ्न नदिएको जनाएको छ  । 

 गत जुलाई –१४ मा इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी पुनस  स्थापित  गरेपछि इरान विरुद्धको एक महिना लामो युद्धमा अमेरिकाले जबरजस्ती जहाज रोकेको यो तेस्रो पटक भएको जनाइएको छ । सेन्टकमले मङ्गलबारसम्म नाकाबंदीको बेवास्ता गरी अगाडी खोज्ने तथा यस बन्दरगाहामा सञ्चालीत अन्य जहाजलाई पुनः निर्देशित गरेको बताएको छ । सेन्टकमका अनुसार अमेरिकी सेनाले यस अघि अप्रिल –१३ देखि जुन –१८ सम्ममा इरानी बन्दरगाहहरू अवरुद्ध गरेको थियो, यस अवधिमा उनीहरूले नौवटा कार्गो जहाजहरू निश्क्रिय पार्नुका साथै १४० भन्दा बढी जहाज पुनः निर्देशित गरेको जनाइएको छ । 

इरानले युद्ध अघि तेल र ग्याँस ढुवानीका लागि प्रमुख मार्गको रुपमा रहेको स्टेट अफ होर्मुज पुनः खोल्नको लागि आफ्नो मुख्य सर्तको रूपमा संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहमा जारी  नाकाबंदी समाप्त गनु  पर्ने माग गरेको छ । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बारम्बार रणनीतिक जलमार्ग हार्मुज  संयुक्त राज्य अमेरिकाको कब्जा रहेको दावी गर्दै नाकाबन्दी जारी रहने अडान गर्नु भएको छ ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।