लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

अटो टेक

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

यसबाट दुर्गम हिमाली क्षेत्रका बासिन्दाको सञ्चार पहुँचमा सुधार आउने र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

असोज २२। एनसेलले सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरु प्रदान गर्न थालेको छ। यो टावरको सञ्चालन पश्चात मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाहरुले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन्।
 
स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न हुने पर्यटकहरूका लागि पनि यसले सञ्चार सेवा थप भरपर्दो बनाउने कम्पनीले जनाएको छ।
 
“यो टावरको जडान र सञ्चालनसँगै हामीले फोरजी सेवाको पहुँच अझै बढाउँदै यसको फाइदा त्यहाँका स्थानियका साथै पर्यटकहरुलाई दिन सफल भएका छौं। यो हामी आम उपभोक्तालाई सुगमदेखि दुर्गमसम्म सेवा प्रदान गर्न सधैं कटिवद्ध रहेको एक स्पष्ट प्रमाण हो,” एनसेलकी हेड अफ नेटवर्क लेना केसरी कंसाकारले भनिन्।
 
हाल एनसेलले देशभर ४ हजार ५०० भन्दा बढि टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले गुणस्तरीय फोरजी सेवा विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा मार्मामा जडान गरिएको यो नयाँ टावरले टुजी र फोरजी प्रविधिमा आधारित दूरसञ्चार सेवा प्रदान गर्नेछ।
 
यसबाट दुर्गम हिमाली क्षेत्रका बासिन्दाको सञ्चार पहुँचमा सुधार आउने र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup