लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

मन्त्री यादवको निर्देशनपछि उद्योगको बक्यौता धमाधम असुल हुन थाल्यो

राजनीति

मन्त्री यादवको निर्देशनपछि उद्योगको बक्यौता धमाधम असुल हुन थाल्यो

यससँगै हालसम्म उद्योगहरूको बक्यौताबापत कुल रु. ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ २७ पैसा असुली भइसकेको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
मन्त्री  यादवको निर्देशनपछि  उद्योगको बक्यौता धमाधम असुल हुन थाल्यो

मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ।* उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ असुली भएको हो।

उद्योगमन्त्री गौरी कुमारी यादवले वर्षौँदेखि राज्यलाई तिर्नुपर्ने रकम नतिरी बसेका उद्योग तथा संस्थाबाट बक्यौता असुल गर्न निर्देशन दिएसँगै असुली प्रक्रिया तीव्र पारिएको हो। करिब ४० वर्षदेखि उठ्न नसकेको उद्योगहरूको भाडा बक्यौता समेत अहिले असुल हुन थालेको छ।

यसैक्रममा  कन्टिनेन्टलबाट रु. ४ करोड ११ लाख ९३ हजार ६८९ रुपैयाँ ७५ पैसा बक्यौता असुली भएको छ। यससँगै हालसम्म उद्योगहरूको बक्यौताबापत कुल रु. ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ २७ पैसा असुली भइसकेको छ।

बक्यौता असुलीसँगै लामो समयदेखि रोकिएको उद्योग सञ्चालनलाई सहज बनाउने कामसमेत अघि बढाइएको छ। *थप एक उद्योगको विद्युत् लाइन पुनः जडान गरिएको छ। विद्युत् बक्यौता नतिरेका कारण हालसम्म १६ वटा उद्योगको विद्युत् लाइन भने काटिएकै अवस्थामा रहेका छन्।

मन्त्री यादवको निर्देशनपछि वर्षौँदेखि अलपत्र रहेको राज्यको बक्यौता उठाउने अभियानले गति लिएसँगै सरकारी राजस्व असुलीमा समेत सकारात्मक प्रभाव परेको छ। मन्त्रालयले बाँकी रहेका उद्योगबाट पनि बक्यौता असुलीलाई निरन्तरता दिने जनाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।