लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौं : सभापति थापा

राजनीति

नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौं : सभापति थापा

कांग्रेसलाई माया गर्ने शुभेच्छुकलाई पुनःपार्टीसँग जोड्ने र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउन काम गर्ने शैलीमै परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौं : सभापति थापा

ललितपुर, २४ असोजः नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास पुनःस्थापित गर्नेगरी पार्टीलाई रूपान्तरण गर्ने बताउनुभएको छ । पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताउनुभयो ।

उहाँले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै काम गर्ने शैली, जिम्मेवारी र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको बताउनुभयो । महाधिवेशनमा प्रतिस्पर्धा स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै उहाँले सभापतिमा प्रतिस्पर्धा गर्नुभएका श्यामकृष्ण खड्गीसहित सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

थापाले नागरिक र कांग्रेसबीचको विश्वास कमजोर भएको उल्लेख गर्दै किसान, उद्योगी, व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले भरोसा गर्ने पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । कांग्रेसलाई माया गर्ने शुभेच्छुकलाई पुनःपार्टीसँग जोड्ने र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउन काम गर्ने शैलीमै परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गरी सुझाव दिन एक साताको समय उपलब्ध गराइएको जानकारी दिँदै उहाँले सबैको सुझावका आधारमा पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताउनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup