लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बीबीएममा टियु टपर मालीलाई बीबीएम कलेजद्वारा सम्मान

समाचार

बीबीएममा टियु टपर मालीलाई बीबीएम कलेजद्वारा सम्मान

न्युज बिहानी
न्युज बिहानी
Shares
बीबीएममा टियु टपर मालीलाई बीबीएम कलेजद्वारा सम्मान

काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको कलेज अफ बिजनेस म्यानेजमेन्ट (सीबीएम्) कलेजले त्रिभुवन विश्वविद्यालयकी उत्कृष्ट विद्यार्थीलाई बुधबार सम्मान गरेको छ । कलेजका अध्यक्ष लेखनाथ कोइरालाका अनुसार हालै प्रकाशित बीबीएम् प्रथम सेमेष्टरको परीक्षाफलमा कलेजकी रिदिमा माली सर्वोत्कृष्ट भएकी हुन् । उनले ३ दशमलब ९६ जीपीए ल्याएकी छिन् ।

‘हाम्रो विद्यार्थी टियु टपर भएकामा खुशी लागेको छ, भोलिको दिनमा पनि यस्तै विद्यार्थी उत्पादन गर्ने प्रयास गर्दैेर्छौ’ अध्यक्ष कोइरालाले भने । कार्यक्रममा कलेजका विभिन्न गतिविधिमा सक्रिय कक्षा ११ र १२ का २० जना विद्यार्थीलाई पनि प्रसंशापत्रद्वारा सम्मान गरिएको छ ।

क्याम्पसका सहायक प्रिन्सिपल सञ्जय मेहेताको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सञ्चालन कलेज को–अर्डिनटर सरिक्षा कँडेलले गरेकी थिइन् । कार्यक्रममा बीबीएम् अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरिने जानकारी दिइएको थियो । कलेजले अन्तर्राष्ट्रिय मान्यताप्राप्त चार्टड फाइनान्सियल एनालिष्ट (सीएफ्ए) कक्षा पनि सुरु गरिने जनाएको छ ।

कलेजले गतसाता रसुवाको भोटेकोशीमा आएको बाढीमा परी निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ भनें घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । कलेजले बेपत्ताहरुको खोजी गर्न पनि सरकार र सरोकारवालाहरुलाई आग्रह गरेको छ । अध्यक्ष कोइरालाले कलेजले चाँडै नै बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लाने योजना बनाएको पनि जनाएका छन् । ३० वर्षअघि स्थापना भएको यो कलेजले गुणस्तरीय र व्यवहारिक शिक्षा दिने अभियान अघि बढाएको अध्यक्ष कोइरालाले बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup