काठमाडौँ, १२ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुन लागेका हुन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार पहिलो खेल मध्याह्न १२ः३० तथा दोस्रो खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने तालिका छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्