लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

‘म्यान अफ द म्याच’लाई एक्स्ट्रिमले चाँदीको बल दिने

खेलकुद

‘म्यान अफ द म्याच’लाई एक्स्ट्रिमले चाँदीको बल दिने

एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले यो सम्मान प्राप्त गर्नेछन् ।

न्युज बिहानी
न्युज बिहानी
Shares
‘म्यान अफ द म्याच’लाई एक्स्ट्रिमले चाँदीको बल दिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ । खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई विशेष सम्मान दिने उद्देश्यले कम्पनीले यो पहल सुरु गरेको हो ।

आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले यो सम्मान प्राप्त गर्नेछन् । यसले खेलको नतिजासँगै व्यक्तिगत प्रतिभा र प्रदर्शनलाई समेत महत्त्व दिनेछ ।

एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कारको सुरुवात भइसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।

उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्दै खेलाडीमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना जगाउने एक्स्ट्रिमको यस पहलले एनपीएलको रोमाञ्च बढाउनुका साथै नेपाली क्रिकेटप्रतिको आकर्षण र समर्थकको उत्साहमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup