लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्स्ट्रिमका १० फ्यान जोन, प्रवेश निःशुल्क

खेलकुद

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्स्ट्रिमका १० फ्यान जोन, प्रवेश निःशुल्क

कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलका खेल यी फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन् ।

न्युज बिहानी
न्युज बिहानी
Shares
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्स्ट्रिमका  १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँ । क्रिकेटको रोमाञ्च मैदानभित्र मात्रै सीमित हुँदैन । हरेक चौका–छक्कामा गुञ्जिने हुटिङ, मनपर्ने टिमको जितमा मनाइने खुसी र साथीभाइसँग बसेर खेल हेर्नुको उत्साह आफैँमा बेग्लै हुन्छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा यही माहोल अब देशका विभिन्न सहरमा पनि देखिने भएको छ । एक्सट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा एनपीएलको रोमाञ्च अनुभव गराउने उद्देश्यले देशभरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको हो ।

कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलका खेल यी फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन् । फ्यान जोनमा प्रवेश पूणर् रूपमा निःशुल्क हुनेछ । यसले क्रिकेटप्रेमीलाई साथीभाइसँगै बसेर खेलको मजा लिन, मनपर्ने टिमको समर्थनमा हुटिङ गर्न र प्रतियोगिताको उत्साह सामूहिक रूपमा साटासाट गर्ने अवसर दिनेछ । एक्सट्रीमले देशका ९ सहरका १० स्थानमा फ्यान जोनको व्यवस्था गरेको छ । काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दुई नम्बर गेटअगाडिको मैदानमा क्रिकेटप्रेमीले ठूलो स्क्रिनमा खेल हेर्न सक्नेछन् ।

उपत्यकाबाहिर पनि एनपीएलको रौनक फैलाउने तयारी गरिएको छ । सुदूरपश्चिमको धनगढीस्थित कभर्ड हल क्षेत्रदेखि कणर्ालीको सुर्खेतस्थित घण्टाघर डबलीसम्म फ्यान जोन सञ्चालन हुनेछन् । त्यस्तै, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसरमा पनि क्रिकेटप्रेमी एकै ठाउँमा भेला भएर एनपीएलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । मधेशको जनकपुरस्थित बाह्रबिघा चौर र पूर्वी नेपालको विराटनगरस्थित पुरानो गुद्री मैदानमा समेत फ्यान जोन रहनेछन् ।

फ्यान जोनलाई खेल हेर्ने स्थानमा मात्र सीमित नराखी मनोरञ्जन र सामूहिक उत्सवको केन्द्र बनाउने तयारी एक्सट्रीमको छ । यहाँ क्रिकेटको प्रत्यक्ष प्रसारणसँगै साङ्गीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि आयोजना गरिनेछन् । दर्शकले रमाइला खेलकुद गतिविधिमा सहभागी हुने अवसर पाउनेछन् भने गिभअवे कार्यक्रममार्फत आकषर्क उपहारसमेत प्राप्त गर्न सक्नेछन् ।

एनपीएलप्रतिको बढ्दो उत्साहलाई क्रिकेट मैदानको सीमाभन्दा बाहिर पु¥याउँदै देशका विभिन्न सहरका समर्थकलाई एउटै माहोलमा जोड्ने उद्देश्यले एक्सट्रीमले यो पहल अघि सारेको हो । खेल हेर्न रंगशालामै पुग्न नसक्ने क्रिकेटप्रेमीले पनि आफ्नै सहरमा ठूलो स्क्रिनअगाडि भेला भएर प्रतियोगिताको रोमाञ्च अनुभव गर्न सक्नेछन् ।

मैदानमा खेलाडीबीच प्रतिस्पर्धा चलिरहँदा फ्यान जोनमा समर्थकको हुटिङ, उत्साह र सामूहिक खुसीले एनपीएलको रौनक थप्ने अपेक्षा गरिएको छ । यसरी क्रिकेट, सङ्गीत र मनोरञ्जनलाई एकै ठाउँमा जोड्ने एक्सट्रीमका फ्यान जोन प्रतियोगिता अवधिभर क्रिकेटप्रेमीको आकषर्क जमघटस्थल बन्ने अपेक्षा गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup