लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

समाचार

लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

वर्षा जारी रहेमा सडकका अन्य स्थान पनि अवरोध हुनसक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न सवारी चालक तथा यात्रुलाई प्रहरीले आग्रह गरेको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

२४ असोजः गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गको लेदो र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयकाका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्गलटारबाट करिब तीन किलोमिटर भकुन्डेतर्फ नार्के र पिन्थलीबेँसीबीचको निर्माणाधीन सडकखण्डमा लेदो खसेको थियो । डोजरको सहायताले सडकमा थुप्रिएको लेदो र गेग्रान हटाएपछि यातायात सञ्चालनमा आएको विष्टले बताउनुभयो । वर्षा जारी रहेमा सडकका अन्य स्थान पनि अवरोध हुनसक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न सवारी चालक तथा यात्रुलाई प्रहरीले आग्रह गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup