लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भन्सार विभागको नयाँ निर्देशनको महासंघद्वारा स्वागत, कानून पालना गर्ने प्रतिबद्धता

समाचार

भन्सार विभागको नयाँ निर्देशनको महासंघद्वारा स्वागत, कानून पालना गर्ने प्रतिबद्धता

न्युज बिहानी
न्युज बिहानी
Shares
भन्सार विभागको नयाँ निर्देशनको महासंघद्वारा स्वागत, कानून पालना गर्ने प्रतिबद्धता

काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपालले कानूनबमोजिमको भन्सार जाँचपास प्रणालीको प्रभावकारी कार्यान्वयनप्रति पूर्ण प्रतिबद्धता जनाएको छ। महासंघले भन्सार विभागले हालै जारी गरेको परिपत्रको स्वागत गर्दै कानूनले अधिकार दिएका भन्सार जाँचपास प्रतिनिधिमार्फत मात्रै जाँचपास प्रक्रिया सञ्चालन हुनुपर्नेमा जोड दिएको हो। भन्सार विभागले जारी गरेको परिपत्रमार्फत प्रचलित भन्सार कानूनबमोजिम नियुक्तिपत्र प्राप्त भन्सार जाँचपास प्रतिनिधिलाई मात्र सम्बन्धित मालवस्तुको जाँचपास कार्यमा संलग्न गराउन र अनधिकृत व्यक्तिलाई जाँचपास प्रक्रियामा सहभागी नगराउन निर्देशन दिएको छ।

महासंघले उक्त निर्देशनले भन्सार जाँचपास प्रक्रियामा अधिकृत र अनधिकृत व्यक्तिबीच स्पष्ट पहिचान कायम गर्नुका साथै पारदर्शिता, उत्तरदायित्व र सुशासन प्रवर्द्धन गर्न महत्वपूर्ण आधार तयार गरेको जनाएको छ।महासंघका अनुसार विभागको पछिल्लो निर्देशनले भन्सार जाँचपास प्रतिनिधिको वैधानिक पहिचान र जिम्मेवारी स्पष्ट गरेको छ। साथै, अनधिकृत संलग्नता नियन्त्रण, पेशागत उत्तरदायित्व अभिवृद्धि तथा भन्सार प्रशासनमा सुशासन सुदृढीकरणका लागि समेत यसले सकारात्मक आधार निर्माण गरेको महासंघको भनाइ छ।

महासंघ तथा देशभरका इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिहरूले आवश्यक आन्तरिक तयारीसहित प्रचलित भन्सार ऐन, नियमावली तथा विभागीय निर्देशनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन्। कानूनले तोकेको जिम्मेवारी सम्बन्धित इजाजतप्राप्त प्रतिनिधिले नै स्वयं निर्वाह गर्ने महासंघले स्पष्ट पारेको छ।महासंघले कानूनको पूर्ण कार्यान्वयनसँगै व्यवहारमा देखिने परिणाम र अनुभवका आधारमा वर्तमान भन्सार जाँचपास प्रणालीको कार्यक्षमता, व्यापार सहजीकरण, राजस्व प्रवाह तथा पेशागत संरचनाका व्यवहारिक पक्षको वस्तुगत मूल्यांकन गर्ने अवसर प्राप्त हुने जनाएको छ।

कार्यान्वयनका क्रममा कुनै संरचनागत वा व्यवहारिक कठिनाइ देखिएमा त्यसलाई कानूनको अवज्ञाको विषय नबनाई तथ्य र व्यवहारबाट प्राप्त अनुभवका आधारमा भन्सार विभाग तथा नेपाल सरकारसँग संस्थागत संवादमार्फत आवश्यक नीतिगत तथा कानुनी समाधान खोजिने महासंघले जनाएको छ।महासंघले कुनै पनि प्रकारको अनधिकृत प्रतिनिधित्व, इजाजतपत्रको दुरुपयोग वा गैरकानुनी अभ्यासको पक्षमा आफू नरहेको स्पष्ट पारेको छ।

महासंघका अनुसार यो विषय कुनै व्यक्ति वा समूहको प्रवेश वा बहिर्गमनसँग सम्बन्धित नभई कानूनले अधिकार, जिम्मेवारी र उत्तरदायित्व स्पष्ट रूपमा तोकेको वैधानिक संरचनाबाट नै भन्सार जाँचपास प्रणाली सञ्चालन हुनुपर्ने विषय हो।राजस्व सुरक्षा, वैध व्यापार सहजीकरण, पारदर्शिता, सुशासन तथा आधुनिक र उत्तरदायी भन्सार प्रशासन निर्माणमा नेपाल सरकार र भन्सार प्रशासनको जिम्मेवार पेशागत साझेदारका रूपमा आवश्यक सहयोग गर्न महासंघ सदैव प्रतिबद्ध रहेको जनाएको छ।महासंघले भनेको छ, “कानूनको पालना हाम्रो दायित्व हो, कार्यान्वयनको यथार्थबाट प्राप्त अनुभवलाई समयानुकूल कानुनी तथा नीतिगत सुधारको आधार बनाउनु साझा जिम्मेवारी हो।”


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।