लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

मनोजलाई आजै आईजीपीको दर्ज्यानी चिह्न, निर्णयविरुद्ध सर्वोच्च जाँदै दानबहादुर

राजनीति

मनोजलाई आजै आईजीपीको दर्ज्यानी चिह्न, निर्णयविरुद्ध सर्वोच्च जाँदै दानबहादुर

न्युज बिहानी
न्युज बिहानी
Shares
मनोजलाई आजै आईजीपीको दर्ज्यानी चिह्न, निर्णयविरुद्ध  सर्वोच्च जाँदै दानबहादुर

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तनसँगै प्रहरी संगठनभित्रको घटनाक्रम थप पेचिलो बनेको छ। सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गरेपछि एकै दिन दुई महत्त्वपूर्ण घटनाक्रम अघि बढ्ने भएका छन्। स्रोतका अनुसार नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई आज साँझ ६ बजे दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको छ।

दर्ज्यानी चिह्न प्रदान भएसँगै केसीले औपचारिक रूपमा प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन्। यता, आईजीपीबाट हटाइएका दानबहादुर कार्की भने सरकारको निर्णयविरुद्ध कानुनी उपचार खोज्न सर्वोच्च अदालत जाने भएका छन्। उनी आज अपराह्न ४ बजे सर्वोच्च अदालत पुगेर आफूलाई पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिने तयारीमा छन्।

सरकारले नयाँ प्रहरी नेतृत्वलाई औपचारिकता दिनुअघि नै कार्की अदालतको ढोका ढकढक्याउने तयारीमा जुटेपछि प्रहरी नेतृत्व परिवर्तनको विषय थप चासोपूर्ण बनेको छ। एकातिर नयाँ आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने तयारी, अर्कोतिर सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा कानुनी चुनौतीका यी दुई घटनाक्रमले नेपाल प्रहरीको नेतृत्व परिवर्तनलाई थप पेचिलो बनाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup