काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिपक्षी दलहरूको बैठक आह्वान गरेका छन्।
थापाले आजै साँझ ४ बजेका लागि प्रतिपक्षी दलहरूको बैठक बोलाएका हुन्। सरकारको पछिल्लो निर्णय र प्रहरी नेतृत्व परिवर्तनको विषयलाई लिएर प्रतिपक्षी दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले बैठक आह्वान गरिएको बुझिएको छ।
प्रहरी महानिरीक्षकबाट कार्कीलाई हटाएर केसीलाई नियुक्त गर्ने सरकारको निर्णयले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। प्रहरी महानिर्देशकबाट हटाइएपछी सरकारको निर्णयविरुद्ध कार्की आजै ४ बजे सर्वोच्च अदालत जाने तयारी समेत छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्