बैतडी, १२ असोजः बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा अवरुद्ध बनेको छ । पुर्चौंडी नगरपालिका–६ छडाखोलामा सडकमाथिबाट पहिरो खसेपछि सो सडकमा यातायात सेवा अवरुद्ध भएको हो ।
स्थानीय हिक्मत धानुकका अनुसार आज बिहान सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो । लगातारको वर्षाका कारण सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड अवरुद्ध बनेपछि यातायातका साधन बीच बाटोमा नै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्