लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनपीएलको जोश बढाउँदै एक्स्ट्रिम : ७ टोली, ७ गेट

कर्पोरेट

एनपीएलको जोश बढाउँदै एक्स्ट्रिम : ७ टोली, ७ गेट

एनपीएल सुरु हुनुअघि नै यस स्तरको activation सुरु गर्ने पहिलो ब्रान्ड एक्सट्रीम रहेको कम्पनीले जनाएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
एनपीएलको जोश बढाउँदै एक्स्ट्रिम : ७ टोली, ७ गेट

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को माहोल प्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष activation सुरु गरेको छ। सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले TU अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर बाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट तयार गरेको हो।

एनपीएलका खेलहरू हुने मुख्य स्थल बाहिरै समर्थकलाई टोलीको उत्साहसँग जोड्ने उद्देश्यले तयार गरिएका यी गेटहरूमा सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङलाई प्रस्तुत गरिएको छ। एनपीएल सुरु हुनुअघि नै यस स्तरको activation सुरु गर्ने पहिलो ब्रान्ड एक्सट्रीम रहेको कम्पनीले जनाएको छ।

एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ। यससँगै एक्सट्रीमले पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत एनपीएलको उत्साहलाई थप व्यापक बनाउँदै लगेको छ। एनपीएल सिजन ३ कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup