लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

कर्पोरेट

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

विशेषगरी बम्पर पुरस्कारमा राखिएको प्रोटोन कारले उपभोक्तामाझ थप उत्सुकता र आकषर्ण बढाएको कम्पनीले जनाएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

काठमाडौं । कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो ।

काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ । म्याक्स टाइगरको क्यानको बिर्कोबाट आकषर्क पुरस्कार जित्ने अवसर पाएका दुवै विजेताले अभियानअन्तर्गत जितेको मोटरसाइकल प्राप्त गरेका हुन् । सुमन र विनोद दुवैका लागि सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्क यसपटक मोटरसाइकल जित्ने अवसर बनेको छ ।

यता, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोनमा पनि दुई विजेताले आफ्नो पुरस्कार प्राप्त गरेका छन् । धरानका अनोज कुमार अधिकारीलाई स्कुटर हस्तान्तरण गरिएको छ भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन् । यससँगै काठमाडौं र विराटनगरमा गरी तीन वटा मोटरसाइकल र एउटा स्कुटर विजेतालाई हस्तान्तरण गरिएको छ ।

मोटरसाइकल प्राप्त गरेका सुमनले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठूलो पुरस्कार प्राप्त हुने कल्पनासमेत नगरेको बताउँदै पुरस्कार हात पर्दाको खुसी शब्दमा व्यक्त गर्न कठिन भएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार मोटरसाइकल जितेको खबरले जति उत्साहित बनाएको थियो, पुरस्कार प्राप्त गर्दाको क्षण अझ विशेष बनेको छ ।

त्यस्तै, मोटरसाइकल प्राप्त गरेका अर्का विजेता विनोद ढुंगेलले म्याक्स टाइगरको अभियान आफ्ना लागि अप्रत्याशित खुसीको अवसर बनेको बताएका छन् । सामान्य रूपमा इनर्जी ड्रिङ्क खरिद गर्दा मोटरसाइकल जित्ने अवसर मिल्नु आफैँमा अनौठो अनुभव भएको उल्लेख गर्दै उनले पुरस्कार प्राप्त गरेपछि उत्साह झनै बढेको बताएका छन् ।

यता, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोनमा पनि दुई विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । धरानका अनोज कुमार अधिकारीले स्कुटर प्राप्त गरेका छन् भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल हात पारेका छन् । स्कुटर विजेता अनोजले आफूले जितेको पुरस्कार प्राप्त गर्नु खुसीको क्षण भएको बताउँदै म्याक्स टाइगरको यो अभियान आफ्नो लागि यादगार बनेको प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी, विराटनगरका मोटरसाइकल विजेता विनोद पोखरेलले पनि सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट मोटरसाइकल जित्ने अवसर पाउनु आफ्ना लागि विशेष उपलब्धि भएको बताएका छन् । मोटरसाइकल जितेको खबर पाउँदाको उत्साह पुरस्कार हस्तान्तरणसँगै अझ बढेको उनको भनाइ छ ।

म्याक्स टाइगरको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् । तर, पुरस्कार जित्ने अवसर अझै सकिएको छैन । कम्पनीका अनुसार अभियानमा अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी छ । विशेषगरी बम्पर पुरस्कारमा राखिएको प्रोटोन कारले उपभोक्तामाझ थप उत्सुकता र आकषर्ण बढाएको कम्पनीले जनाएको छ ।

सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्कको क्यानको बिर्कोलाई आकषर्क पुरस्कार जित्ने अवसरसँग जोड्दै म्याक्स टाइगरले देशका विभिन्न सहरका उपभोक्तालाई अभियानमा समेट्दै आएको छ । नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भइरहेको एक्सट्रिम फ्यानजोनमार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रम सुरु भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ ।kathmandu handover photo 1.webpBiratnagar handover photo.webp


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup