लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एक्स्ट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

खेलकुद

एक्स्ट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

पीएमएनसी नेपाल फलको ग्रान्ड फाइनल भने नेपाली ई–स्पोर्टस प्रेमीका लागि विशेष आकषर्ण बन्ने देखिएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
एक्स्ट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

काठमाडौं । युवापुस्ता माझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा ई–स्पोर्ट्सको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्न लागेको छ । दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भाद्र ६ र ७ गते (शनिबार र आइतबार) प्रतियोगिता हुनेछ ।

आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रवर्द्धन गरेको छ । प्रतियोगितालाई ’एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ का रूपमा प्रस्तुत गरिएको छ ।

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढ्ने अवसरसमेत पाउने आयोजकले विश्वास लिएको छ ।

यसअघि पनि एक्सट्रिम इनर्जी ड्रिंकले नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय कम्पनीले क्रिकेटसहित विभिन्न खेलसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ ।

पीएमएनसी नेपाल फलको ग्रान्ड फाइनल भने नेपाली ई–स्पोर्टस प्रेमीका लागि विशेष आकषर्ण बन्ने देखिएको छ । दुईदिने प्रतिस्पर्धामा उपाधिका लागि टोलीहरूबिच हुने प्रतिस्पर्धासँगै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने सम्भावित टोलीमाथि पनि सबैको नजर रहनेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।