लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नमस्कार गर्नुहुन्छ ? यस्ता व्यक्तिलाई नमस्कार नगर्नुहोस् !

नमस्कार गर्नुहुन्छ ? यस्ता व्यक्तिलाई नमस्कार नगर्नुहोस् !

किनकी उसले नदेखेमा नमस्कारको प्रतिक्रिया नदिन सक्छ र नमस्कार गर्नेलाई नराम्रो लाग्न सक्छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नमस्कार गर्नुहुन्छ ? यस्ता  व्यक्तिलाई नमस्कार नगर्नुहोस् !

हामीहरू आफुभन्दा सम्मानित व्यक्तिहरुलाई सम्मान स्वरुप नमस्कार गर्ने गर्छौ । सामान्यतया यो नेपाली संकार नै हो । हिन्दु धर्ममा नमस्कारको महत्व र अर्थ व्यापक पनि छ ।भगवानलाई पुजा गर्दासमेत नमस्कार अनिवार्यरुपमा गर्ने गर्छौं । यसकारण नमस्कारले केही न केही अर्थ त बोकेकै छ । नमस्कार हामीले जोकोहीलाई गर्देनौं । खासमा विशेष व्यक्ति वा व्यक्तित्व नमस्कारका भागीदार हुन्छन् । आफुले मान्नुपर्ने मानिसलाई नमस्कार गर्नु हाम्रो एक परम्परा हो । मानिस पहिलो भेटघाटमा पनि नमस्कार गर्छन् । तर, नमस्कार गर्दा केही कुरामा विशेष ख्याल गर्नुपर्छ । जस्तोसुकै अवस्थामा पनि यी ७ व्यक्तिलाई भने कहिल्यै नमस्कार गर्नु हुँदैन ।

तपाई कहिल्यै यी व्यक्तिलाई नमस्कार नगर्नुस्
मूर्ख मानिस : आचरण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्तिलाई नमस्कार नगर्नुनै बेस हुन्छ । उसले दिनसक्ने प्रतिकृयाले झन् आफैंलाई नकारात्मक प्रभाव दिने हुँदा नमस्कार गर्नु उचित हुँदैन । उसले गर्नसक्ने व्यवहार आफुप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावनामा चोट पुग्न सक्छ ।

नुहाइरहेको व्यक्ति : नुहाइरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिँदैन । नमस्कार गर्ने र ग्रहण गर्ने दुवैलाई यस अवस्थामा अप्ठ्यारो हुन सक्छ ।

दौडिरहेको व्यक्ति : दौडमा रहेको व्यक्तिलाई नमस्कार गर्नु राम्रो हुँदैन । दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ । जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने पनि हुन सक्छ । यस्तै, दौडिँदा उसले तपाईंले गरेको नमस्कार नदेख्न सक्छ । यसअवस्थामा तपाईंलाई मैले गरेको नमस्कार खेर गयो वा अपमान गर्यो भन्ने लाग्न सक्छ र मन खिन्न बनाउने छ ।

धनमा अंहकार गर्ने व्यक्ति : यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाई नमस्कार गर्दा पनि आफु लज्जित तथा अपमानित हुनुपर्ने हुनसक्छ । त्यसैले त्यस्ता व्यक्तिलाई नमस्कार नगर्दा राम्रो हुन्छ ।

खोला तर्दै गरेको वा चिप्लोमा हिँडिरहेको व्यक्ति : पानीमा पौडिरहेको व्यक्ति, खोला तर्दै गरेको व्यक्ति तथा चिप्लो बाटोमा हिँडिरहेको व्यक्तिलाई नमस्कार गर्नु हुँदैन । यसबाट उसको ध्यान तोडिन सक्ने । उसले नियन्त्रण गुमाउँदा ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु राम्रो मानिंदैन ।

जुठो परेको व्यक्ति : यदि कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ, त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाईदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिकस्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो सन्देश जाँदैन ।

टाढा रहेको व्यक्ति : आफुबाट दुरी केही टाढा रहेको व्यक्ति जसले नमस्कार गरेको नदेख्न सक्छ, त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो हुन्छ । किनकी उसले नदेखेमा नमस्कारको प्रतिक्रिया नदिन सक्छ र नमस्कार गर्नेलाई नराम्रो लाग्न सक्छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।