लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

समाचार

पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ । अविरल वर्षाका घटनामा पनि सात सय जनाको उद्धार गरिएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

काठमाडौँ, १२ असोजः पछिल्लो २४ घण्टामा देशभर दुई सय ७२ वटा विपद्का घटना हुँदा २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले यही असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्मको अवधिमा भएका विपद्का घटनामा चार जना बेपत्ता र २६ जना घाइते भएको जानकारी दिनुभयो । 

प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढी पहिरोका ९७ घटना भएका छन् । पहिरोमा परी २१ जनाको मृत्यु, चार जना बेपत्ता र चार जना घाइते भएका छन् । त्यसैगरी अविरल वर्षाका ८०, बाढीका ५७, सर्पदंशका १७, आगलागीका आठ, हावाहुरीका आठ, जनावर आक्रमणका चार र हिमपातको एउटा घटना भएको छ । बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ । अविरल वर्षाका घटनामा पनि सात सय जनाको उद्धार गरिएको छ ।
 
विपद्का कारण ४८ सडकखण्ड अवरुद्ध भएका छन् भने १२१ चौपायाको क्षति भएको छ । घटनाबाट भएको अनुमानित आर्थिक क्षति रु एक करोड ९१ लाख ६६ हजार रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएको विपद्मध्ये पहिरो, बाढी र अविरल वर्षाका घटना प्रमुख रहेका छन् । यस अवधिमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट उद्धार तथा खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup