लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

उद्धारको पर्खाइमा पहिरो पिडित : अहिले उद्धार गर्न आउनु तर मरेपछि लास खोज्न नआउनू

समाचार

उद्धारको पर्खाइमा पहिरो पिडित : अहिले उद्धार गर्न आउनु तर मरेपछि लास खोज्न नआउनू

चामे गाउँपालिकाकी सामुदायिक स्वास्थ्य अधिकृत छोडेन याङचेन लामाका अनुसार बालबालिका, ज्येष्ठ नागरिक र अशक्तलाई सुरक्षित स्थानमा सार्न कठिन भइरहेको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
उद्धारको पर्खाइमा पहिरो पिडित : अहिले  उद्धार गर्न आउनु तर मरेपछि लास खोज्न नआउनू

कास्की । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले मनाङको चामेमा जोखिम बढाएको छ। सदरमुकाम चामेको चारैतिरका डाँडाबाट पटक–पटक पहिरो खस्दा कर्मचारी, सुरक्षाकर्मी र स्थानीयहरू त्रासमा सुरक्षित स्थान खोज्दै भाग्न बाध्य भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले फोनमा कुरा गर्नसमेत नसक्ने अवस्था रहेको बताएका छन्। उनका अनुसार चामे आसपास निरन्तर पहिरो झरिरहेको छ र रातिको समयमा थप जोखिम बढेको छ।

मर्स्याङ्दी नदी तथा स्थानीय खोलासमेत पहिरोका कारण केही थुनिँदा तटीय बस्तीमा बाढीको जोखिम बढेको छ। सडकहरू पहिरोले अवरुद्ध भएका छन् भने माथिबाट पहिरो खस्ने र तल जमिन भासिने अवस्थाका कारण आवतजावत कठिन बनेको छ। चामे गाउँपालिकाकी सामुदायिक स्वास्थ्य अधिकृत छोडेन याङचेन लामाका अनुसार बालबालिका, ज्येष्ठ नागरिक र अशक्तलाई सुरक्षित स्थानमा सार्न कठिन भइरहेको छ। स्थानीयहरू शनिबार राति समेत मर्स्याङ्दी किनार छाडेर जङ्गलमा बसेका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सडक खुलाउने प्रयास गरिरहेका भए पनि लगातारको पहिरो र भौगोलिक विकटताका कारण उद्धार प्रभावकारी हुन सकेको छैन। स्थानीयले जनप्रतिनिधि र सरकारसँग तत्काल हेलिकप्टरमार्फत उद्धारको माग गरेका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup