लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन

राजनीति

समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन

बेनी–दरवाङ सडकको फापरखेत र बेनी–जोमसोम सडकको सिरुवारी पहिरो नियन्त्रणको काम वर्खा सकिने वित्तिकै सुरु हुने मन्त्री पुनले जानकारी गराउनुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन

म्याग्दी, २३ साउनः विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले नेपालको समृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रर्वतन र आविस्वकारलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । धवलागिरी गाउँपालिका समाजले आज काठमाडौँमा आयोजना गरेको समृद्ध म्याग्दीमा जनप्रतिनिधिहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले नेपालमा आवश्यक औजार, उपकरण, सामग्री र वस्तुको उत्पादन गरी रोजगारी सिर्जना तथा आयात घटाउन अनुसन्धानमा जोड दिइएको बताउनुभयो । 

“ओझेलमा परेको अनुसन्धान र आविस्कारको क्षेत्रमा वर्तमान सरकारले प्राथमिकता दिएको छ”, म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उहाँले भन्नुभयो, “देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र दक्ष जनशक्तिलाई अवसरका लागि पलायन हुन नदिने गरी मन्त्रालयले कार्यक्रम बनाएको छ ।”मन्त्री पुनका साथै धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र काठमाडाँैमा बसोबास गर्ने म्याग्दीवासीहरूबीच म्याग्दीलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कृषिको आधुनिकीकरण, जलविद्युत्, पर्यटन, पशुपालनको माध्यमबाट म्याग्दीलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ थियो । 

म्याग्दीमा प्रमुख सामाजिक समस्याको रुपमा रहेको मेलाजात्रालाई व्यवस्थित नगरेसम्म शिक्षा क्षेत्रको सुधार हुन् नसक्ने मन्त्री पुनले बताउनुभयो । “टोलटोलमा लगातार मेलाजात्रा लगाउँदा किशोरकिशोरीहरूको पढाइ नराम्ररी बिग्रेको छ”, उहाँले भन्नुभयो, “नामका लागि विदेशबाट मेलाका लागि लाखौँ रकम प्रायोजन गर्ने र गाउँमा हप्तौँ मेला लगाउने चलन हटाउन सकेमा म्याग्दीको शिक्षा र समाजको सुधार हुन्छ ।”सङ्घीय सरकारले यसवर्ष धवलागिरी गाउँपालिकाको मुदीदेखि गुर्जा हुँदै ढोरपाटनको जलजला र अन्नपूर्ण गाउँपालिकाको दोवादेखि सोवाङ धुरी हुँदै रघुगङ्गा गाउँपालिकाको चिमखोला जोड्ने दुई वटा नयाँ पदमार्ग सञ्चालनमा ल्याउने बताउनुभयो । 

बेनी–दरवाङ सडकको फापरखेत र बेनी–जोमसोम सडकको सिरुवारी पहिरो नियन्त्रणको काम वर्खा सकिने वित्तिकै सुरु हुने मन्त्री पुनले जानकारी गराउनुभयो । सङ्घीय सरकारले म्याग्दीमा रणतीनिक महत्वका सडक आयोजनालाई प्राथमिकता दिने बताउनुभयो । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा दिवङ्गत भएका म्याग्दीमा जन्मिएका पर्वतरोही निर्मल पुर्जासहितका पर्वतारोहीहरूको सम्मानमा सरकारले उचित निर्णय लिने मन्त्री पुनको भनाइ थियो । धवलागिरीका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपूर्णका अध्यक्ष भारतकुमार पुन लगायतले म्याग्दीको सम्भावना, आवश्यकता भएका कामको विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराउनुभएको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।