लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

प्रोटोन ई.मास ७ ले एसेन एनक्याप अवार्ड्स २०२६ मा सुरक्षा विधामा जित्यो सम्मान

अटो टेक

प्रोटोन ई.मास ७ ले एसेन एनक्याप अवार्ड्स २०२६ मा सुरक्षा विधामा जित्यो सम्मान

यसको २०२६ मोडलमा थप सुविधाका रूपमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट समावेश गरिएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
प्रोटोन ई.मास ७ ले एसेन एनक्याप अवार्ड्स २०२६ मा सुरक्षा विधामा जित्यो सम्मान

काठमाडौं: प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले मलेसियामा नोभेम्बर १० मा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा ‘सेफ्टी असिस्ट’ विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। यस उपलब्धिले ई.मास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रतिको प्रोटोनको प्राथमिकतालाई उजागर गरेको छ।

ई.मास ७ मा विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएका सुरक्षा तथा चालक सहायता सुविधाहरू उपलब्ध छन्। यसको २०२६ मोडलमा थप सुविधाका रूपमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट समावेश गरिएको छ। यी सुविधाले सवारी चलाउँदा चालकलाई थप सहायता प्रदान गर्छन्।

सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मानसँगै ई.मास ७ ले मलेसियाको विद्युतीय सवारी बजारमा पनि राम्रो उपस्थिति कायम गरेको छ। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म यस मोडलका ५ हजार ५७९ युनिट बिक्री भएका छन्, जसमध्ये अक्टोबर महिनामा मात्रै ६१६ युनिट बिक्री भएका थिए। सोही अवधिमा प्रोटोन ई.मासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएका छन्, जसले कम्पनीका विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई देखाउँछ।

नेपालमा प्रोटोन ई.मास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत उपलब्ध हुँदै आएको छ। प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यस विद्युतीय एसयूभीमा आधुनिक डिजाइन, प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न सुविधा समावेश छन्। यसमा सामान व्यवस्थित राख्नका लागि ३३ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन्। 

त्यस्तै, यसको भेहिकल टु लोड (V2L) सुविधामार्फत गाडीको ब्याट्री प्रयोग गरी बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ, जसले यात्राका क्रममा आवश्यक विद्युतीय उपकरण प्रयोग गर्न सहज बनाउँछ। यसमा रहेको ७ एनएम इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल र मनोरञ्जनसम्बन्धी सुविधालाई सहज तथा प्रभावकारी बनाउँछ।

यसको प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ। यसमा ४९.५२ kWh ब्याट्री उपलब्ध छ, जसले WLTP मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ३४५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। त्यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको प्रिमियम भेरियन्टमा ६०.२२ kWh ब्याट्री रहेको छ, जसले ४१० किलोमिटरसम्मको रेन्ज दिन्छ। 

दुवै भेरियन्टमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसको मद्दतले करिब २० मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। प्रोटोन ई.मास ७ मा यस सेग्मेन्टमै विशेष रहेको ११ किलोवाटसम्मको एसी चार्जिङ क्षमता रहेको छ भने यसले १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ पनि सपोर्ट गर्दछ।

अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सुरक्षा सम्मान, उन्नत चालक सहायता प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने सुविधासहित ई.मास ७ ले प्रोटोनको विद्युतीय सवारी पोर्टफोलियो तथा नेपालको विस्तार हुँदै गएको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै आएको छ।

जगदम्बा मोटर्स प्रा.लि.को बारेमा
जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि प्रोटोन गाडीहरूको आधिकारिक वितरक हो। नेपाली ग्राहकलाई नवीनतम अटोमोटिभ प्रविधिसँग परिचित गराउँदै गुणस्तरीय सवारी तथा यातायातसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी अघि बढिरहेको छ। प्रोटोन मलेसियासँगको सहकार्यमा जगदम्बा मोटर्सले व्यवस्थित बिक्री तथा सेवा सञ्जाल विस्तार, ग्राहककेन्द्रित पहल र गुणस्तरीय सेवा सुनिश्चित गर्दै नेपालमा प्रोटोनको उपस्थिति थप सुदृढ बनाउने लक्ष्य लिएको छ।

शंकर ग्रुपका बारेमा
नौ दशकभन्दा लामो गौरवशाली व्यावसायिक इतिहास बोकेको शंकर ग्रुप नेपालका प्रतिष्ठित व्यावसायिक समूहहरूमध्ये एक हो। विश्वास र गुणस्तरलाई आफ्नो प्रमुख आधार बनाउँदै आएको यस समूहले विभिन्न व्यावसायिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ। सन् १९७९ मा शंकर अग्रवालद्वारा स्थापित शंकर ग्रुप नेपालमा मुख्यालय रहेको एक बहुआयामिक व्यावसायिक समूह हो। यस समूहअन्तर्गत विभिन्न क्षेत्रका ४० वटा कम्पनी सञ्चालनमा रहेका छन्


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup