लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो : प्रचण्ड

राजनीति

शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो : प्रचण्ड

२०५६ सालमा गोरखामा वाग्ले र पोखरेलले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्त महत्वपूर्ण दिन भएको बताउनुभयो।

न्युज बिहानी
न्युज बिहानी
Shares
शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो : प्रचण्ड

काठमाडौं, २३ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ।काठमाडौंमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०५६ सालमा गोरखामा वाग्ले र पोखरेलले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्त महत्वपूर्ण दिन भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “२०५६ सालमा सुरेश वाग्ले र भीमसेन पोखरेलले गोरखामा सहादत प्राप्त गर्नुभयो । पार्टीको पोलिटब्युरो तहको सबैभन्दा उच्च नेतृत्व पंक्तिबाट भएको त्यो सहादतले तत्कालीन राज्यसत्ताविरुद्ध जनता र क्रान्तिकारी पंक्तिमा आक्रोश र ऊर्जा पैदा गर्‍यो तथा जनयुद्धलाई नयाँ उचाइमा पुर्‍यायो।”अध्यक्ष प्रचण्डले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको भन्दै त्यसका विरुद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हुने बताउनुभयो।

“सुरेश वाग्लेको निष्ठा, आदर्श र राजनीतिक उचाइ निकै उच्च थियो। उहाँको बलिदानपछि पैदा भएको नयाँ संकल्प र ऊर्जाले जनयुद्धलाई नयाँ उचाइमा लैजान र त्यसलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान गर्‍यो,” उहाँले भन्नुभयो। उहाँले जनमुक्ति सेनाका कुशल कमान्डर भीमसेन पोखरेलको योगदान र आदर्श पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो । 

प्रचण्डले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिका विरुद्ध नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।“प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ,” उहाँले भन्नुभयो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup