लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री

राजनीति

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री

न्युज बिहानी
न्युज बिहानी
Shares
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री

काठमाडौँ, १७  भदौः प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो । उहाँले मन भक्कानिदा पनि एक–आपसमा बिलौना गर्ने समय झनै नभएको बताउनुभयो ।

प्रधानमन्त्री शाहले भन्नुभयो, “सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन । हामी लडिरहेका छौँ ।”आफ्ना सपनाहरू बुनिरहनुभएका नानीबाबुहरू, हाँसो–खुसीका साथ बसिरहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीले क्षणभरमै खोसेर लगेको बताउँदै उहाँले यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्नुभयो । साथै उहाँले आफ्ना मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।

प्रधानमन्त्री शाहले घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफ्ना मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएका नागरिकहरूको पीडा पनि आफूले गहिरोसँग महसुस गरेको उल्लेख गर्नुभयो । “यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो । बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ”, उहाँले भन्नुभयो ।प्रधानमन्त्री शाहले बाढी प्रभावितहरूको जीवनरक्षाका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई विस्तृत रूपमा जानकारी गराउनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup