लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’

राजनीति

‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’

बागमती प्रदेश पर्यटकीय गन्तव्यको हब बन्न सक्ने भन्दै पर्यटकीय विकासको अथाह सम्भावना रहेको प्रदेशको १३ वटै जिल्लालाई पर्यटकीय विकासमा जोड दिने बताउनुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
भक्तपुर, ६ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हब बनाउने लक्ष्य रहेको बताउनुभएको छ । आज डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा उहाँले यहाँ धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेकाले पर्यटन प्रवर्द्धनमा योजनाबद्ध काम गर्ने बताउनुभयो ।
 
आफ्नो जन्मगाउँ सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा विशेष पूजा गरेपछि उहाँले सिङ्गो बागमती प्रदेश पर्यटकीय गन्तव्यको हब बन्न सक्ने भन्दै पर्यटकीय विकासको अथाह सम्भावना रहेको प्रदेशको १३ वटै जिल्लालाई पर्यटकीय विकासमा जोड दिने बताउनुभयो ।
 
मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुर आफैँमा पर्यटकीय क्षेत्र हो, सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बन्दैछ । विश्वभरका पर्यटक र विशेषगरी हरेक वर्ष हजाराैँ भारतीय पर्यटक डोलेश्वर आउन थालेका छन् । यसैगरी  सबै जिल्लामा पर्यटनको विकास गर्दै युवा रोजगारीलाई बढाउने हाम्रो योजना र लक्ष्य छ ।” उहाँले डोलेश्वर महादेवको आर्शिवाद, आस्था, र संस्कृति सङ्कल्पसँगै बागमती प्रदेशको समृद्धिको यात्रा सुरु भएको बताउँदै १३ वटै जिल्लाको जनभावनालाई समेटेर प्रदेशको समृद्धिमा अगाडि बढ्ने सङ्कल्प गर्नुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।