लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

टर्की–साउदी–पाकिस्तान रक्षा सम्झौता विस्तार हुने

राजनीति

टर्की–साउदी–पाकिस्तान रक्षा सम्झौता विस्तार हुने

न्युज बिहानी
न्युज बिहानी
Shares
टर्की–साउदी–पाकिस्तान रक्षा सम्झौता विस्तार हुने

टर्कीले क्षेत्रीय स्थिरता कायम गर्ने उद्देश्यले साउदी अरब र पाकिस्तानसँग गरेको संयुक्त रक्षा सम्झौतामा इजिप्ट पनि सहभागी हुने अपेक्षा गरेको छ । टर्कीका विदेशमन्त्री हाकान फिदानले शनिबार इजिप्टलाई सबै विषयमा स्वाभाविक साझेदार भन्दै आगामी चरणमा उक्त देश पनि सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको हो ।

साउदी अरब, टर्की र पाकिस्तानले शुक्रबार ‘मक्का संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार कुनै एक सदस्य राष्ट्रमाथिको आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमणका रूपमा लिइनेछ । यसको उद्देश्य तीन देशबीच सामूहिक प्रतिरोध क्षमता सुदृढ गर्नु रहेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

सरकारी समाचार संस्था अनादोलुसँगको अन्तर्वार्तामा फिदानले सम्झौता कुनै निश्चित देशलाई लक्षित गरेर नगरिएको बताउनुभयो । सम्झौतामा कुनै साझा खतराको लिखित रूपमा उल्लेख नगरिएको उहाँले स्पष्ट पार्नुभयो । फिदानले सम्झौतामा इजिप्टको सहभागिताका लागि केही प्राविधिक विषय टुङ्ग्याउन बाँकी रहेको बताउँदै ती विषय कार्यान्वयनमा आएपछि इजिप्ट सहभागी हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्नुभयो ।

उहाँले सम्झौतालाई मध्यपूर्वमा दीर्घकालीन स्थिरता कायम गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै भविष्यमा गठबन्धनमा अन्य देशलाई पनि सहभागी गराउनुपर्ने बताउनुभयो । अमेरिका र इरानबीच जारी युद्धका कारण मध्यपूर्वको सुरक्षा अवस्था तनावपूर्ण रहेका बेला तीन देशबीच रक्षा सम्झौता भएको हो । युद्धका कारण छिमेकी मुलुकहरू पनि प्रभावित भएका छन् भने होर्मुज जलसन्धि र लाल सागरमार्फत हुने समुद्री यातायातमा समेत अवरोध पुगेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।