लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

यमनमा हुथी–साउदी तनाव चर्कियो

समाचार

यमनमा हुथी–साउदी तनाव चर्कियो

न्युज बिहानी
न्युज बिहानी
Shares
यमनमा हुथी–साउदी तनाव चर्कियो

यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीच द्वन्द्व चर्किंदै जाँदा हुथीहरूले बुधबार देशका विभिन्न क्षेत्रमा साउदी सेनाले ३२ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन् । एक दिनअघि हुथीहरूले साउदी अरबमा ठूलो आक्रमण गरेपछि साउदी पक्षले जवाफी कारबाही गरेको विद्रोहीहरूको भनाइ छ ।

हुथीको अलमसिराह टेलिभिजनका अनुसार साउदी विमानले मारिब, अल–जौफ, ताइज र होदेइडाका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन् । उक्त दाबीबारे साउदी पक्षबाट तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन । साउदी अधिकारीहरूले भने हुथी आक्रमणका कारण मङ्गलबार केही तेल प्रतिष्ठानको काम अस्थायी रूपमा बन्द भएको र ७३ जना घाइते भएको बताएका थिए ।

गत सातादेखि यमनमा पुनः भीषण लडाइँ सुरु भएको छ । हुथीहरूले बाब अल–मन्दब जलघाँटी नजिकको क्षेत्र कब्जा गर्न ठूलो सैन्य अभियान थालेपछि द्वन्द्व चर्किएको हो । पछिल्लो लडाइँमा पाँच सयभन्दा बढी मानिसको मृत्यु भएको एएफपीले दुवै पक्षका स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

बाब अल–मन्दब जलघाँटी साउदी तेल निर्यातका लागि महत्त्वपूर्ण मार्ग बनेको छ । इरानले हर्मुज जलघाँटी बन्द गरेपछि यसको रणनीतिक महत्त्व थप बढेको हो । हुथीहरूले जुलाईदेखि साउदी तेल पूर्वाधार र ट्याङ्करमाथि पटकपटक आक्रमण गर्दै आएका छन् । उनीहरूले साउदीविरुद्ध समुद्री नाकाबन्दी घोषणा गर्दै जहाजमाथि समेत आक्रमण थालेका छन् ।

यमनको गृहयुद्धमा जुलाईमा पुनः शत्रुता सुरु भएको थियो । हुथीहरूले साउदी नियन्त्रणको अवज्ञा गर्दै एउटा इरानी विमानलाई यमनी हवाई क्षेत्रमा अवतरण गर्न दिएपछि सरकारले विमानस्थलमा आक्रमण गरेको थियो । उक्त आक्रमणका लागि हुथीहरूले साउदी समर्थित पक्षलाई जिम्मेवार ठहराएका थिए ।पछिल्लो घटनाक्रमले यमनको द्वन्द्व पुनः तीव्र बनाउनुका साथै लाल सागर र बाब अल–मन्दब हुँदै हुने तेल तथा समुद्री व्यापारमा थप जोखिम उत्पन्न गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup