लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार

अटो टेक

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार

चाडपर्वको अवसरमा घरायसी आवश्यकताका उत्पादनमा थप बचत प्रदान गर्दै उपभोक्ताको दसैँ किनमेललाई अझ सहज र आकर्षक बनाउने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो।

न्युज बिहानी
न्युज बिहानी
Shares
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै क्रम्पटन (Crompton) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘Celebrate Dashain with Togetherness’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले क्रम्पटनका विभिन्न घरायसी तथा इलेक्ट्रिकल उपकरण खरिदमा आकर्षक क्यासब्याक, बम्पर उपहार तथा सहज खरिद सुविधा प्राप्त गर्न सक्नेछन्।

यस विशेष योजनाअन्तर्गत क्रम्पटनका सिलिङ फ्यान, एयर कूलर, गिजर, टेबल तथा पेडेस्टल फ्यान, मिक्सर ग्राइन्डर, आइरनलगायतका विभिन्न उत्पादन खरिदमा उपभोक्ताले २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। चाडपर्वको अवसरमा घरायसी आवश्यकताका उत्पादनमा थप बचत प्रदान गर्दै उपभोक्ताको दसैँ किनमेललाई अझ सहज र आकर्षक बनाउने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो।

यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्ताले बम्पर लक्की ड्रमार्फत माइडियाको ५१९ लिटर मल्टी डोर रेफ्रिजरेटर जित्ने अवसर समेत प्राप्त गर्नेछन्। लक्की ड्रमा सहभागी हुन योजनामा उपलब्ध QR Code स्क्यान गरी आवश्यक विवरण दर्ता गर्न सकिनेछ। उपभोक्ताको खरिद प्रक्रियालाई थप सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा EMI तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको छ। क्यासब्याक, बम्पर उपहार र सहज किस्ताबन्दी सुविधालाई एउटै योजनामा समेट्दै क्रम्पटनले परिवारसँग मनाइने दसैँको उत्सवलाई अझ विशेष बनाउने लक्ष्य राखेको छ।

यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ। ‘Amazing, Every Day’ भन्ने ब्रान्ड सन्देशअनुसार क्रम्पटनले आधुनिक प्रविधि, ऊर्जा दक्षता र दैनिक जीवनलाई सहज बनाउने उत्पादनहरूमा निरन्तर जोड दिँदै आएको छ। चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा क्रम्पटनका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका आधिकारिक डिलर नेटवर्क, २२ वटा CG Digital शोरुम तथा cgdigital.com.np मार्फत क्रम्पटनका विभिन्न उत्पादनहरू उपलब्ध छन्। 

उपभोक्ताले आफ्नो घरायसी आवश्यकता र जीवनशैलीअनुसार सिलिङ फ्यान, एयर कूलर, गिजर, टेबल तथा पेडेस्टल फ्यान, मिक्सर ग्राइन्डर, आइरनलगायतका विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन्। कम्पनीले आधुनिक, ऊर्जा दक्ष तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ। शर्तहरु लागु हुने छन्।  

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
honda
Advertisement Ad ends in 15s
Bisup