लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

दोधारा–चाँदनी झोलुङ्गे पुल : प्राविधिक टोलीद्वारा अध्ययन सुरु

समाचार

दोधारा–चाँदनी झोलुङ्गे पुल : प्राविधिक टोलीद्वारा अध्ययन सुरु

भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भत्किनुका साथै पुलको करिब छ मिटर भागसमेत मर्मत गर्नुपर्ने भएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
दोधारा–चाँदनी झोलुङ्गे पुल : प्राविधिक टोलीद्वारा अध्ययन सुरु
महेन्द्रनगर, १४ असोजः कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिनुभयो ।
 
“हामी पनि पुलस्थलमा आउदैछौँ”, जोशीले भन्नुभयो, “अध्ययन टोलीले विस्तृतमा अनुगमन गर्दै जान्छ ।” भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भत्किनुका साथै पुलको करिब छ मिटर भागसमेत मर्मत गर्नुपर्ने भएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 
यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको टोली पनि भत्किएको पुल अनुगमनका लागि दोधारा–चाँदनी पुग्दैछ । मुख्यमन्त्री भट्टसँगै प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीसमेत रहेको छ । त्यसैगरी, कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले पुल पुनर्निर्माणका लागि समन्वय भइरहेको सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन् ।
 
कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र महताले पुलको प्राविधिक निरीक्षणका लागि टोली पठाइएको जानकारी दिनुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ का सांसद दीपकराज बोहराले पुलको एउटा पिल्लर बाढीले भत्काएको भन्दै सुरक्षाका कारण पुल वरपर नजान नागरिकहरूसित आग्रह गर्नुभएको छ । 
 
त्यसैगरी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई यथाशीघ्र पुल निर्माणका लागि आग्रह गरेका छन् । “विसं २०५६ मा यहाँबाट निर्वाचित भएपछि मैले पहिलो पटक महाकाली नदीमा झोलुङ्गे पुल बनाई दोधारा–चाँदनी जोड्नुपर्छभन्दा कतिपय साथीहरू असम्भव कुरो भनेर मसित ठट्टा गर्थे”, लेखकले भन्नुभयो, “तर सोही अवधिमा पुल निर्माण प्रारम्भ भएर सरकारकै बजेट र नेपालकै प्राविधिकबाट ऐतिहासिक लामो पुल बनेको थियो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
honda
Advertisement Ad ends in 15s
Bisup