लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

इन्डोनेसियामा आठ दिनदेखि विनाशकारी डढेलो जारी

समाचार

इन्डोनेसियामा आठ दिनदेखि विनाशकारी डढेलो जारी

‘क्लाउड–सिडिङ मिसन’ मा विमानबाट बादलमा सिल्भर आयोडाइड र नुन जस्ता कण छर्केर वर्षा गराइन्छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
इन्डोनेसियामा आठ दिनदेखि विनाशकारी डढेलो जारी

जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५०० हेक्टरभन्दा बढी क्षेत्रलाई नष्ट गरेको अधिकारीले बताएका छन् । इन्डोनेसियाली आगो नियन्त्रकहरूले हेलिकप्टर र ड्रोनको सहयोगमा सोमबार आठौं दिनसम्म आगो नियन्त्रण लिने सङ्घर्षरत रहेका छन् । यो आगोले लोकप्रिय पर्यटकीय गन्तव्य ब्रोमो तेङ्गर सेमेरु राष्ट्रिय निकुञ्ज बन्द गर्न बाध्य बनाएको छ र ७०० भन्दा बढी फुटबल मैदान बराबरको क्षेत्र जलाएको छ।

“सोमबारसम्ममा आगो निकुञ्जको डिङक्लिक उपत्यका क्षेत्रको आवासीय क्षेत्रतर्फ फैलिएको जाभा विपद् न्यूनीकरण एजेन्सीका पूर्व अधिकारी सात्रियो नुरसेनोले बताउनुभयो । दुई वटा पानी छर्ने हेलिकोप्टर, कैयौँ दमकल र ‘स्प्रिङ्कलर’ सहितका ड्रोनहरूले आगोसँग लड्न खटाइएका वन रक्षक र सैनिकहरूलाई सहयोग गरिरहेका सात्रियोले बताउनुभयो । 

वन मन्त्री राजा जुली एन्टोनीले आइतबार भन्नुभयो, “बादल नभएकाले ब्रोमो क्षेत्रमाथि वर्षा गराउन ‘क्लाउड–सिडिङ मिसन’ उडाउन केही दिनसम्म सम्भव हुने छैन।”‘क्लाउड–सिडिङ मिसन’ मा विमानबाट बादलमा सिल्भर आयोडाइड र नुन जस्ता कण छर्केर वर्षा गराइन्छ।सन् २०२३ मा ब्रोमो पर्वतमा विवाहपूर्वको फोटो लिने क्रममा एक जोडीले पटाका बाल्दा सुरु भएको आगोले ५०० हेक्टरभन्दा बढी भूमि नष्ट गरेको थियो ।

राष्ट्रिय मौसम निकायका अनुसार यस वर्ष इन्डोनेसियामा लामो र तीव्र सुख्खा मौसम अनुभव हुने पूर्वानुमान छ, जसमा आंशिक रूपमा एल निनो मौसमी घटनाका कारण खडेरी र जङ्गली आगोको उच्च जोखिम छ । एल निनो एउटा प्राकृतिक रूपमा हुने जलवायु घटना हो जसले विश्वव्यापी रूपमा हावा, वायुको चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ।

भारत र दक्षिण–पूर्वी एसियामा यसले सामान्यतया सुख्खा अवस्था सिर्जना गर्छ।गत एल निनोले सन् २०२३ र सन् २०२४ लाई विश्वव्यापी रूपमा रेकर्डमा सबैभन्दा तातो दुई वर्ष बनाउन मद्दत गरेको थियो ।यस वर्षको पहिलो छ महिनामा देशभर एकलाख सात हजार हेक्टरभन्दा बढी भूमि जलेको छ । यो सन् २०२३ मा जङ्गली आगोबाट नष्ट भएको क्षेत्रभन्दा दोब्बरभन्दा बढी हो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।