काठमाडौँ, २१ साउनः मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफलको सम्भावित कार्यसूची रहेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्त सदन (प्रतिनिधिसभाका र राष्ट्रियसभा)को बैठक बस्ने भएको छ ।
आज दिउँसो २ः३० बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा सो बैठक बस्ने संसद् सचिवालयको सूचनामा उल्लेख छ । यसैगरी प्रतिनिधिसभाका अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज अलग अलग बस्दैछन् ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्