लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

प्रतिनिधिसभा : ‘जेनजी आन्दोलनको मर्म र भावनाअनुरुप चल्नुपर्छ’

राजनीति

प्रतिनिधिसभा : ‘जेनजी आन्दोलनको मर्म र भावनाअनुरुप चल्नुपर्छ’

एमालेका सांसद डा अर्जुनकुमार कार्कीले सम्भावित जोखिमयुक्त हिमतालको अध्ययन गरी त्यसबारे प्रभावित क्षेत्रका नागरिकलाई सचेतना दिलाउन आवश्यक रहेको बताउनुभयो

न्युज बिहानी
न्युज बिहानी
Shares
प्रतिनिधिसभा : ‘जेनजी आन्दोलनको मर्म र भावनाअनुरुप चल्नुपर्छ’

काठमाडौँ, २४ भदौः प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले गत वर्षको जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई सुशासन र विधिको शासन स्थापितका लागि भएकाले आन्दोलनको मर्म र भावनाअनुरुप सरकार र राजनीति दलले काम गर्नुपर्ने बताउनुभएको छ । सभाको आकस्मिक समयमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका(रास्वपा)का सांसद पुरूषोत्तम शुप्रभात यादवले जेनजी आन्दोलनको माग र भावनाबमोजिम सरकारले काम गर्नुपर्ने बताउनुभयो । 

उहाँले जेनजी आन्दोलनकारीलाई नै पक्राउ र थुनामा राख्ने कार्य भएको जनाउँदै त्यस्ता कार्य सच्याउन माग गर्नुभयो । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई शैली परिवर्तनसहित सुशासन र विधि कायमका लागि भएकाले सबैले त्यसअनुसार काम गर्नुपर्ने बताउनुभयो । उहाँले बजारमा उपभोग्य वस्तुको अभावकाबीच विपत्तिको सामनाका लागि सबै एक भएर लाग्नुपर्ने अवस्था रहेको जनाउँदै नुवाकोट, रसुवा र धादिङको सडक सञ्जालको पुनःस्थापनामा विशेष ध्यान सरकारको ध्यानाकर्षण गराउनुभयो ।
      
सोही पार्टीका सांसद बासना थापाले रसुवा बाढीको दुई साता बितिसक्दा पनि अझै सयौँ बेपत्ता भएका नागरिकको प्रभावकारी खोजी हुन नसक्दा सम्बन्धित परिवारले पीडाको सामना गरिरहनुपरेको भनी सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद क्रान्तिशीखा धितालले बाढी पीडित क्षेत्रमा महामारीको जोखिम बढेको तथा होल्डिङ सेन्टरमा महिला र बालबालिकाको सुरक्षा थप चुनौतीपूर्ण रहेको बताउनुभयो ।
      
नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले हालैको अविरल वर्षाले दार्चुलालगायत क्षेत्रमा बस्ती प्रभावित भएको जानकारी गराउँदै विपद्पूर्व सूचना प्रणाली र महाकालीमा तटबन्ध निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पार्वती विकले जेनजी आन्दोलनले बोकेको  परिवर्तनको सङ्कल्पलाई सरकारले केकति पूरा गर्न सकेको वा नसकेकोबारे समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।
      
कांग्रेसका सांसद सीता थपलियाले बाढी प्रभावित क्षेत्रमा बेलीब्रिज निर्माण गरी सडक सम्पर्क पुनःस्थाना गर्न माग गर्नुभयो । कांग्रेसकै सांसद खड्गबहादुर शाहीले मुगुको छायाँनाथ नगरपालिकाको घट्टेखोलाको बाढीका कारण स्थानीयवासीलाई परेको असुविधाबारे सदनलाई जानकारी गराउनुभयो । एमालेका सांसद डा अर्जुनकुमार कार्कीले सम्भावित जोखिमयुक्त हिमतालको अध्ययन गरी त्यसबारे प्रभावित क्षेत्रका नागरिकलाई सचेतना दिलाउन आवश्यक रहेको बताउनुभयो 
      
रास्वपाका सांसद यज्ञमणि न्यौपानेले शक्ति राष्ट्रले अन्तरराष्ट्रिय कानुनको पालना नगरेका कारण नेपालले जलवायु परिवर्तनको मार खेपिरहेको जनाउँदै जेनजी आन्दोलनमा सहभागी व्यक्ति आज कारागार र अदालत धाउनुपर्ने अवस्था  अन्त्य गरिनु पर्ने धारणा व्यक्त गर्नुभयो । सभाको बैठक जारी छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup