लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

रिडाराले ल्यायो “Festive Adventures Await” अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर

अटो टेक

रिडाराले ल्यायो “Festive Adventures Await” अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर

रिडाराले चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउँदै ग्राहकलाई विद्युतीय सवारीसँग नयाँ यात्रा र सम्भावना अनुभव गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
रिडाराले ल्यायो “Festive Adventures Await” अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर

काठमाडौं, नेपाल - Geely Auto Group अन्तर्गतको विश्वव्यापी विद्युतीय सवारी ब्रान्ड रिडाराले चाडपर्वलाई लक्षित गर्दै “ Festive Adventures Await” अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत Riddara ECON इलेक्ट्रिक पिकअप खरिद गर्ने ग्राहकले आकर्षक उपहार तथा बम्पर पुरस्कार जित्ने अवसर पाउनेछन् ।

अभियान अवधिभर Riddara ECON खरिद गर्ने प्रत्येक ग्राहकले Nothing Phone A4 Pro पक्का उपहार प्राप्त गर्नेछन्। साथै, एक भाग्यशाली ग्राहकले बम्पर पुरस्कारस्वरूप Hero Xpulse Pro मोटरसाइकल जित्ने अवसर पाउनेछन्।

चाडपर्वको यात्रालाई अझ सहज, आरामदायी र रोमाञ्चक बनाउने उद्देश्यले यो अभियान ल्याइएको हो । दैनिक यात्रा, व्यावसायिक प्रयोग तथा साहसिक यात्राका लागि तयार गरिएको Riddara ECON मा आधुनिक विद्युतीय प्रविधि, उपयोगिता र भरपर्दो कार्यक्षमताको राम्रो संयोजन छ ।

नेपालका विभिन्न सडकमा सहज रूपमा चलाउन सकिने Riddara ECON 4x4 मा २२५ एमएमको न्यूनतम ग्राउन्ड क्लियरेन्स, ४८५ एनएम पिक टर्क र १,२३५ केजीसम्मको भारवहन क्षमता छ । यी विशेषताले यसलाई सहरी सडक, राजमार्ग, उकालो बाटो तथा कठिन भूभागमा समेत उपयोगी बनाउँछन्।

Riddara ECON मा सुरक्षा र टिकाउपनलाई पनि विशेष प्राथमिकता दिइएको छ । यसमा ब्याट्री सुरक्षाका छवटा प्रमुख प्रविधि तथा धुलो र पानीबाट सुरक्षा प्रदान गर्ने IP68 रेटेड ब्याट्री प्याक उपलब्ध छ। फराकिलो क्याबिन, आकर्षक डिजाइन र उपयोगी कार्गो स्पेसले यसलाई व्यक्तिगत तथा व्यावसायिक दुवै आवश्यकताका लागि उपयुक्त बनाउँछ ।

“Festive Adventures Await” अभियानमार्फत रिडाराले चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउँदै ग्राहकलाई विद्युतीय सवारीसँग नयाँ यात्रा र सम्भावना अनुभव गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।यो अभियान असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ । नियम तथा सर्तहरू लागू हुनेछन्। थप जानकारीका लागि ग्राहकले ९८०२३४१८२० वा ९७०७०९४९८६ मा सम्पर्क गर्न वा नजिकैको आधिकारिक Riddara शोरुममा जान सक्नेछन्।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup