लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

न्युज बिहानी
न्युज बिहानी
Shares
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ, १३ साउनः धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दिनभरजसो उतारचढावपूर्ण हुँदै अन्तिम समयमा सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले घटेर दुई हजार ६८८ दशमलव ८८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७८ अङ्कले घटेर ४७० मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ६५ अङ्कले घटेर १८४ दशमलव ५७ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ४२ अङ्कले घटेर १५९ दशमलव २७ मा पुगेको छ । आज विभिन्न कम्पनीका ९७ लाख ७७ हजार ५१२ कित्ता शेयर रु चार अर्ब दुई करोड ९३ लाख ९० हजार ३५१ मूल्यमा खरिद बिक्री भएको छ ।
आज १३ उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घटेको छ । आज ७८ कम्पनीको शेयर बढ्यो भने  १८६ कम्पनीको शेयर घट्यो । त्यसैगरी ११ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, स्नो रिर्भस लिमिटेड, नबिल व्यालेन्स फण्डलगायत लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी गरिमा समृद्धि योजना, सिभिल बैंक डिबेञ्चर, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडलगायतका लगानीकर्ताले गुमाएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup