लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

राजनीति

विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

उहाँले पछिल्ला वर्षमा डिजिटल माध्यमको तीव्र विकाससँगै विज्ञापन गर्ने शैली र विज्ञापनका उपभोक्ताको व्यवहारमा समेत ठूलो परिवर्तन आएको बताउनुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

काठमाडौँ, ८ भदौ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनुभएको छ । राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीले आज सञ्चारमन्त्री डा तिमिल्सिनासँग गरेको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो । अब सरकारी विज्ञापन वितरणमा त्यस्ता समस्या दोहोरिन नदिन विज्ञापन चक्रसँग जोडिएका सबै पक्षले आफ्नो जिम्मेवारी पारदर्शी र व्यावसायिक ढङ्गले निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले केही समयअघि मात्रै राष्ट्रिय विज्ञापन नीति जारी भएको उल्लेख गर्दै विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो । विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम, नियामक निकाय तथा उपभोक्तासहित विज्ञापन बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबै पक्षको भूमिका महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले पछिल्ला वर्षमा डिजिटल माध्यमको तीव्र विकाससँगै विज्ञापन गर्ने शैली र विज्ञापनका उपभोक्ताको व्यवहारमा समेत ठूलो परिवर्तन आएको बताउनुभयो । 

विगतमा प्रयोग हुँदै आएका परम्परागत विज्ञापनका तरिकामात्रै पर्याप्त नहुने भन्दै उहाँले प्रविधिको विकास र बदलिँदो उपभोक्ता व्यवहारअनुसार विज्ञापन बजारलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रलाई सिर्जनात्मक, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । विज्ञापन क्षेत्रको विकासले सञ्चारमाध्यमको आर्थिक आधार बलियो बनाउनुका साथै रोजगारी सिर्जना र व्यवसाय प्रवद्र्धनमा समेत योगदान पु¥याउने भएकाले यसलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने उहाँको भनाइ थियो ।

सो भेटका क्रममा राष्ट्रिय विज्ञापन संघ नेपालले कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्रसँगै विज्ञापन व्यवसाय पनि प्रभावित भएको उल्लेख गर्दै विज्ञापन बजार र विज्ञापन एजेन्सीले भोगिरहेका समस्या तथा कानुनी र नीतिगत विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएको थियो । विज्ञापन एजेन्सी सरकार, सञ्चारमाध्यम, विज्ञापनदाता र उपभोक्ताबीचको महत्वपूर्ण सेतुका रूपमा काम गर्दै आएको उल्लेख गर्दै संघले यस क्षेत्रले हजारौँ रोजगारी सिर्जना गर्नुका साथै व्यापार तथा व्यवसाय प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।