लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

विपद्को यस घडीमा साथ दिऔँ : विदेशबाट सहयोग पठाउन आइएमई मार्फत निःशुल्क सुविधा

कर्पोरेट

विपद्को यस घडीमा साथ दिऔँ : विदेशबाट सहयोग पठाउन आइएमई मार्फत निःशुल्क सुविधा

न्युज बिहानी
न्युज बिहानी
Shares
विपद्को यस घडीमा साथ दिऔँ : विदेशबाट सहयोग पठाउन आइएमई मार्फत निःशुल्क सुविधा

काठमाडौं । प्राकृतिक विपद्को यस संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमई मार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने भएको छ। विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको नाममा विभिन्न बैंकमा रहेका खातामा आइएमई मार्फत सिधै निशुल्क रकम जम्मा गर्न सक्नेछन् । यस सुविधाले विदेशबाट पठाइएको सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न सहयोग पुग्नेछ।

नेपालभित्रबाट समेत खल्ती बाइ आइएमई मार्फत समेत सरकारको कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ। आइएमईले विपद्को यस कठिन समयमा सबैलाई आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोगका लागि हातेमालो गर्न आह्वान गर्दै प्रभावित परिवारहरूको दुःखमा साथ दिन तथा राहत र पुनर्स्थापना प्रयासमा सरकारलाइ हरसम्भव सहयोग पुर्‍याउन सबैमा अपिल समेत गरेको छ।

साथै रसुवा जिल्लाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति व्यहोर्नुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा परिवारजनप्रति आइएमई ग्रुप परिवार गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दछ । साथै, यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
gov