लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

कर्पोरेट

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको हो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं, भाद्र ०२। एनसेलले आज भाद्र २, मंगलबारबाट लागु हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ । कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृति बमोजिम ६० सेकेन्डको नयाँ पल्स दरमा लागु गरेको हो । दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको हो । 

प्राधिकरणको स्वीकृति बमोजिम अब अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्याण्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, ईटाली, जापान, साउथ कोरिया, लेवनान, मलेसिया, न्युजिल्याण्ड, नर्वे, पाकिस्तान, पोल्याण्ड, कतार, रसिया, रोमानिया, साउदी अरेयिबा, सिङ्गापुर, साउथ अफ्रिका, स्पेन, स्वीडेन, स्विटजरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको, लिबियालगायतका गन्तव्य मुलुकहरुमा यो नयाँ पल्स दर लागु भएको छ । 

नयाँ पल्स दर कायम भएका सबै मुलुकहरुको पुरा सुचि, कल तथा एसएमएसको शुल्क एनसेल वेबसाइटको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिन्छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।