लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीज बीच SmartPay IBFT सम्बन्धी सम्झौता

कर्पोरेट

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीज बीच SmartPay IBFT सम्बन्धी सम्झौता

न्युज बिहानी
न्युज बिहानी
Shares
हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीज बीच SmartPay IBFT सम्बन्धी सम्झौता

काठमाडौँ , २०८३ असोज ८-  हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (SCT) बीच SmartPay IBFT (Inter Bank Fund Transfer) अन्तर बैंक रकमान्तर सेवा सञ्चालन तथा सहकार्य  सम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै हिमालयन बैंक एससीटीको SmartPay Network मा आबद्ध भई SmartPay IBFT मार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन गर्नेछ। 

यस सेवाले बैंकका ग्राहकहरूलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका अन्य खाताबीच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम आदान प्रदान गर्न थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ। एससीटीद्वारा विकास तथा सञ्चालन गरिएको SmartPay IBFT रकम स्थानान्तरण सम्बन्धी सेवा हो, जसले सहभागी बैंक तथा वित्तीय संस्था, वालेट तथा रेमिट्यान्स कम्पनीहरूबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहजीकरण गर्दै आएको छ। यस सेवाले विभिन्न क्षेत्र बीच अन्तरआबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन तथा वित्तीय पहुँचको अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (SCT) नेपालकै पहिलो डोमेस्टिक कार्ड SCT Card को सुरुवात गर्ने संस्था हो । यस संस्थाले हाल विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट कम्पनी, रेमिट्यान्स कम्पनी, सहकारी संस्था लगायतका संस्थाहरू संलग्न समावेशी नेटवर्क मार्फत SCT Unionpay कार्ड, भिसा कार्ड, मास्टरकार्ड, नेपालपे कार्ड, डिस्कभर तथा रूपे कार्ड जारी तथा स्वीकार गर्ने नेटवर्क, एटिएम, पोइन्ट अफ सेल (POS), इन्टरनेट तथा मोबाइल बैंकिङ प्लेटफर्म, SmartQR सेवा तथा रकमान्तर सेवा मार्फत आफ्नो सेवा प्रवाह गर्दै आइरहेको छ ।

 थप जानकारीका लागि:
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT)
आर.एस. सदन, पाँचौं तला, पानीपोखरी, काठमाडौं, नेपाल
फोन: ०१-४५१४१५५
टोल फ्री: १६६०-०१४४१५५
वेबसाइट: www.sct.com.np


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup