लोड हुँदै...
लोड हुँदै...
stc
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सी.जी. मोटर्सद्वारा चितवनको भरतपुरमा मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

सी.जी. मोटर्सद्वारा चितवनको भरतपुरमा मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

एउटै छानामुनी चार वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नुहुनेछ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
सी.जी. मोटर्सद्वारा चितवनको भरतपुरमा मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

काठमाडौं, नेपाल । नेपालका लागि रिडारा, डायुन, एक्सपेङ र आयोन इलेक्ट्रिक सवारी साधनको एक मात्र आधिकारिक बिक्रता सी.जी. मोटर्सले चितवन, भरतपुर बालमन्दिरमा मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ । चितवन अटोमोवाईल डिलर एशोसियनका अध्यक्ष श्री इन्द्र रेग्मीज्यूको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रममा आउनेहरुले एउटै छानामुनी चार वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नुहुनेछ ।

यसबाट उपत्यका वाहिर पनि नविन विद्युतीय सवारी साधनहरुको पहुँच विस्तार गर्ने सी.जी. मोटर्स को प्रतिबद्धतालाई थप बल प्रदान गरेको छ । यो विस्तारले नेपालमा स्मार्ट, दिगोे र प्रभावकारी मोबिलिटी समाधान तर्फ बढीरहेको यात्राको महत्वपूणर् कदम हो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरन्जीवी सुवेदीले सी.जी. मोटर्स प्रा.लि.ले उपत्यका वाहिर पनि विद्युतीय सवारी साधनहरुको विस्तारमा योगदान पुर्याउनु भएकोमा सी.जी. मोटर्सलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटले सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राईभ तथा विक्रीपछिको सेवा सहित सहज र व्यवस्थित ग्राहक सेवा प्रदान गर्नेछ । सी.जी.मोटर्स ले गुणस्तरीय सेवा र दिर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई निरन्तर प्राथमिकता दिएकोमा कार्यक्रमका प्रमुख अतिथी चितवन ओटोमोवाईल डिलर एशोसियनका अध्यक्ष इन्द्र कार्कीद्धारा सी.जी. मोर्टसलाई विशेष धन्यवाद साथ आगामी दिनहरुमा समेत सी.जी. मोटर्स ले अन्य क्षेत्रहरुमा पनि आफ्नो सेवालाई विस्तार गर्नु हुनेमा विस्वास राख्नु भएको छ ।

साथै कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष श्री परमेश्वर खनालले कार्यक्रममा वोल्नु हुँदै सी.जी. मोटर्सले भरतपुरमा सोरुम स्थापना गर्नु भएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा नबिल वैंक कस्टर हेड श्री टोप प्रसाद अगस्तीले विद्युती सवारी साधनको वढ्दो मागलाई ध्यानमा राख्दै यी सवारी साधन खरिदमा नविल बैंकले ग्राहकहरुलाई वैंकिङ कर्जामा समेत सुलभ र सहज सेवा प्रदान गर्नेमा ढुक्क रहनको लागि विश्वास दिलाउनु भएको छ ।

देशैभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्क मार्फत सी.जी. मोटर्सले ग्राहकहरुको विश्वासलाई अझ मजबुद बनाउँदै सहजता, पहुँच र भरपर्दो चाजिङ सुविधा सुनिश्चितता प्रदान गदै आईरहेको छ । चार्जिङ पुर्वाधारले सी.जी. मोटर्सलाई नेपालको सबै भन्दा विश्वसनिय र भरपर्दो ई.भी. प्रदायक कम्पनीको रुपमा स्थापित गरिएको सी.जी. मोटर्सका सहायक महाप्रबन्धक श्री कञ्चन सिलवालले वताउनुभयो ।

करिब १५० ग्राहकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ सवारी साधन खरिदकर्ताहरुलाई सवारी साधनको साँचो हस्तान्तरण गरिएको थियो । सी.जी.मोटर्सले उपत्यकता वाहिर पनि आफ्नो शाखा विस्तार जारी राख्ने छ । यस अघि गण्डकी प्रदेशको राजधानी पोखरामा सी.जी. मोटर्सको मल्टिब्राण्ड आउटलेट सञ्चालनमा आइसकेको छ ।WhatsApp Image 2026-07-30 at 2.48.44 PM.jpeg 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Made with by Yubraj Pandeya