लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

घुस प्रकरणमा नाम जोडिएको समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति, भ्रामक प्रचार नगर्न आग्रह

इनसाइट

घुस प्रकरणमा नाम जोडिएको समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति, भ्रामक प्रचार नगर्न आग्रह

न्युज बिहानी
न्युज बिहानी
Shares
घुस प्रकरणमा नाम जोडिएको समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले आफूलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित घुस प्रकरणसम्बन्धी समाचारप्रति आपत्ति जनाएका छन्। उनले आफूलाई जोडेर प्रकाशित समाचार आधारहीन, झुटा र कपोलकल्पित भएको दाबी गर्दै त्यस्ता समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

आज दियो पोस्ट अनलाइन पत्रिकालगायतका सञ्चारमाध्यममा ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण!’ लगायतका शीर्षकमा समाचार प्रकाशित भएपछि शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले समाचारमा उल्लेख गरिएका व्यक्ति तथा प्रसङ्गसँग आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको स्पष्ट पारेका छन्। सम्बन्धित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान तथा सम्पर्क नरहेको र उनीहरूलाई कहिल्यै नभेटेको उनको भनाइ छ।

शर्माले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका घटनासँग आफ्नो नाम जोडिएको विषयमा समेत प्रश्न उठाएका छन्। ती मितिमा आफू प्रधानन्यायाधीश भइनसकेको अवस्था रहेको उल्लेख गर्दै उनले समाचारमा प्रस्तुत गरिएको प्रसङ्गप्रति आश्चर्य र स्तब्धता व्यक्त गरेका छन्।

आधारहीन, झुटा तथा कपोलकल्पित विवरणका आधारमा जनतामा भ्रम सिर्जना गर्ने दूषित उद्देश्यले समाचार प्रसारण गरिएको भन्दै शर्माले त्यसको भर्त्सना गरेका छन्। उनले यस्ता समाचारको सत्यतथ्य नबुझी विश्वास नगर्न र भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोधसमेत गरेका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup