लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

अटो टेक

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहरूको निरन्तरता कायम राख्न सहयोग पुग्नेछ।

न्युज बिहानी
न्युज बिहानी
Shares
एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन्।यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहरूको निरन्तरता कायम राख्न सहयोग पुग्नेछ।

डिसहोमले आफ्ना ग्राहकहरूलाई सहज र सुविधाजनक सेवा अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ। कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपका अतिरिक्त ग्राहकहरूले अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमहरूबाट समेत आफ्ना डिसहोम सेवाहरू नवीकरण गर्न सक्नेछन्।डिजिटल माध्यमबाट सेवा नवीकरण गर्ने विकल्पहरू विस्तार गर्दै ग्राहकलाई आफ्नो सुविधाअनुसार उपयुक्त माध्यम छनोट गर्न सहज बनाउने दिशामा निरन्तर पहल गरिरहेको डिसहोमले जनाएको छ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup