लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

माइडियाको दसैँ विशेष योजना : रु.३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार

अटो टेक

माइडियाको दसैँ विशेष योजना : रु.३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार

दसैँको अवसरमा परिवारसँग बिताइने खुसीका पललाई अझ सहज र विशेष बनाउने उद्देश्यले माइडियाले आधुनिक प्रविधि, उपयोगी सुविधा र आकर्षक उपहारसहित यो योजना ल्याएको जनाएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
माइडियाको दसैँ विशेष योजना : रु.३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध होम एप्लायन्सेस ब्रान्ड माइडिया (Midea) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘This Dashain, Bring Home the Celebration. Beautifully Yours.’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले माइडियाका विभिन्न घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक, सुनिश्चित उपहार तथा अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

यस योजनाअन्तर्गत उपभोक्ताले रु. ३७,७०० सम्मको ग्यारेन्टेड क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा इन्डक्सन कुकटप, फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, टप लोड वाशिङ मेसिन खरिदमा ४ केजी सर्फ एक्सेल, सेमी अटोमेटिक वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल तथा डिसवासर खरिदमा २ वटा वाशिङ ट्याब्लेट निःशुल्क प्रदान गरिनेछ।

यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्तामध्ये हरेक महिना लक्की ड्रमार्फत माइडिया साइड बाई साइड रेफ्रिजरेटर जित्ने अवसर समेत रहेको छ। लक्की ड्रमा सहभागी हुन उपभोक्ताले उपलब्ध QR Code स्क्यान गरी आफ्नो विवरण दर्ता गर्न सक्नेछन्। साथै, शून्य प्रतिशत ब्याजदरमा सहज EMI सुविधा तथा छनोट गरिएका उत्पादनमा १० वर्षसम्मको वारेन्टी सुविधा पनि उपलब्ध रहेको छ।

यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ। दसैँको अवसरमा परिवारसँग बिताइने खुसीका पललाई अझ सहज र विशेष बनाउने उद्देश्यले माइडियाले आधुनिक प्रविधि, उपयोगी सुविधा र आकर्षक उपहारसहित यो योजना ल्याएको जनाएको छ।

चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा माइडियाका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका आधिकारिक डिलर नेटवर्क, २२ वटा CG Digital शोरुम तथा cgdigital.com.np मार्फत माइडियाका विभिन्न उत्पादनहरू उपलब्ध छन्। उपभोक्ताले आफ्नो परिवारको आकार, घरायसी आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन्। 

माइडियाका रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ ओभन, चिम्नी तथा विभिन्न साना घरायसी उपकरणहरू नेपाली बजारमा उपलब्ध छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup