लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

शिवम् सिमेन्टले गर्यो अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

अर्थतन्त्र

शिवम् सिमेन्टले गर्यो अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

समाजका आवश्यकता भएका वर्गहरूको जीवनस्तर सुधार तथा सशक्तीकरणमा निजी क्षेत्रको भूमिका महत्वपूणर् रहने विश्वास व्यक्त गरेका थिए ।

न्युज बिहानी
न्युज बिहानी
Shares
शिवम् सिमेन्टले गर्यो अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल व्याग सहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । एक कार्यक्रममार्फत केन्द्रमा रहेका विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्यका साथ आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको हो । करिब ६ महिनाअघि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा रोल्पा नगरपालिका–१०, धाङ्सी निवासी विशेष क्षमता भएका बालक सन्देश बुढा मगरको प्रेरणादायी संघषर्को कथा सार्वजनिक भएको थियो । 

जन्मजात दुबै हात नचल्ने अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै अध्ययनलाई निरन्तरता दिइरहेका सन्देशको समाचार सार्वजनिक भएपछि शिवम् सिमेन्ट्स लिमिटेडले उनको शिक्षालाई निरन्तरता दिन पहल गरेको थियो । यस अघि शिवम् सिमेन्ट्स लिमिटेडले सन्देश बुढा मगरको शैक्षिक भविष्य सुनिश्चित गर्ने उद्देश्यले काठमाडौंस्थित अपाङ्ग नवजीवन केन्द्र तथा खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरी उनको माध्यमिक तहसम्मको अध्ययनका लागि आवश्यक सहयोग गर्ने व्यवस्था मिलाएको थियो । 

उक्त सहकार्य अन्तर्गत अपाङ्ग नवजीवन केन्द्रले आवास, हेरचाह तथा अध्ययन समन्वयको जिम्मेवारी लिएको छ भने विद्यालयले विशेष शिक्षा अन्तर्गत अध्ययनको अवसर उपलब्ध गराइरहेको छ । सन्देशको अध्ययन तथा आवश्यक व्यवस्थापनका लागि लाग्ने खर्चमा शिवम् सिमेन्टले नियमित सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले शिक्षा हरेक बालबालिकाको मौलिक अधिकार भएको उल्लेख गर्दै विशेष आवश्यकता भएका बालबालिकाहरूले पनि समान अवसरसहित गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्नेमा जोड दिएका थिए । 

साथै, समाजका आवश्यकता भएका वर्गहरूको जीवनस्तर सुधार तथा सशक्तीकरणमा निजी क्षेत्रको भूमिका महत्वपूणर् रहने विश्वास व्यक्त गरेका थिए । अपाङ्ग नवजीवन केन्द्रका पदाधिकारीहरूले शिवम् सिमेन्टले सन्देश बुढा मगरको शिक्षाका लागि गरेको सहयोग तथा केन्द्रका अन्य विद्यार्थीहरूलाई उपलब्ध गराएको सामग्रीले विद्यार्थीहरूको मनोबल वृद्धि हुनुका साथै अध्ययनमा सकारात्मक प्रभाव पार्ने बताएका छन्  ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध शिवम् सिमेन्ट्स लिमिटेडले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदाय विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। विशेष क्षमता भएका बालबालिकाहरूको शिक्षा तथा समावेशी विकासमा योगदान पुर्याउने यस्ता पहलहरूलाई आगामी दिनहरूमा समेत निरन्तरता दिइने कम्पनीले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup