लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बाढी प्रभावित तीन जिल्लाका १४ मोबाइल टावर पुनः सञ्चालनमा आएका छन् : एनसेल

अटो टेक

बाढी प्रभावित तीन जिल्लाका १४ मोबाइल टावर पुनः सञ्चालनमा आएका छन् : एनसेल

सरकारी निकायहरूको सहयोग र समन्वयमा टोलीहरू प्रभावित क्षेत्रमा पुगेर नेटवर्क मर्मत तथा पुनःस्थापना गर्न सफल भएका हुन् ।

न्युज बिहानी
न्युज बिहानी
Shares
बाढी प्रभावित तीन जिल्लाका १४ मोबाइल टावर पुनः सञ्चालनमा आएका छन् : एनसेल

काठमाडौं, भदौ ११ । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ वटा मोबाइट टावर पुनः सञ्चालनमा ल्याएको छ । प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या पुगेपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा अवरुद्ध भएको थियो । ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले एनसेलको प्राविधिक टोलीको अथक प्रयासबाट आज १४ टावरहरु पुनःसञ्चालनमा आएका हुन् ।
 
“सम्भव भएका स्थानमा क्षतिग्रस्त फाइबर मर्मत गरी टावरहरू सञ्चालनमा ल्याइएको छ भने कति स्थानमा पुराना माइक्रोवेभ लिंकको प्रयोग गरी नेटवर्क पुन सुभारु गरिएको छ । केही क्षेत्रमा फाइबर कनेक्टिभिटी पुनःस्थापनाका लागि इन्टरनेट सेवा प्रदायकसँग समेत सहकार्य गरिएको छ,” एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले भनिन् । उनका अनुसार, बाढी तथा पहिरोबाट बन्द रहेको नेटवर्क पुनःस्थापनाका लागि एनसेलले आफ्ना प्राविधिक टोलीलाई एयर रुट र ल्याण्ड रुट दुवै रुटबाट आफ्नो प्राविधिक टोली परिचालन गरेको थियो । सरकारी निकायहरूको सहयोग र समन्वयमा टोलीहरू प्रभावित क्षेत्रमा पुगेर नेटवर्क मर्मत तथा पुनःस्थापना गर्न सफल भएका हुन् ।
 
यसैबीच, आज दिउँसो १२ः४७ बजे धादिङको गल्छी क्षेत्रमा बाढीको भग्नावशेष हटाउने क्रममा फाइबर काटिँदा थप १८ वटा साइट प्रभावित भएका थिए । एनसेलले तत्काल प्राविधिक टोली परिचालन गरी ती सबै १८ साइटसमेत पुनः सञ्चालनमा ल्याएको छ । विपद्को यस कठिन समयमा दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा राख्नु उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहेको एनसेलले जनाएको छ। प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतसम्बन्धी आवश्यक समन्वय गर्न सञ्चार सेवा उपलब्ध गराउन कम्पनीले उच्च प्राथमिकताका साथ नेटवर्क पुनःस्थापनाको काम गरिरहेको जनाएको छ ।
 
नेटवर्क पुनःस्थापनाका क्रममा सहयोग प्रदान गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना लगायत सम्बन्धित सरकारी निकाय तथा अन्य संस्थाहरूप्रति एनसेलले आभार व्यक्त गरेको छ । एनसेलले विपद्को यस कठिन घडीमा प्रभावित समुदायको साथमा रहँदै आवश्यकताअनुसार आफ्नो नेटवर्क तथा प्राविधिक स्रोतसाधन परिचालन गरी दूरसञ्चार सेवा यथासम्भव निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Logo
Ad ends in 15s
gov