लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

खेलकुद

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

न्युज बिहानी
न्युज बिहानी
Shares
एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौँ, २५ भदौः एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष क्रिकेट टोलीले आज ओमानविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा बिहान ७ः१५ बजे सुरु हुनेछ ।समूह ‘ए’ को विजेता नेपाल फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल समूह चरणमा तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दा हङकङसँग भने हार व्यहोरेको थियो ।

समूह चरणको नतिजा नेपालका लागि सन्तोषजनक रह्यो । यद्यपि ब्याटिङमा भने नेपालले अपेक्षित सुधार देखाउन सकेन । त्यसैले नेपालका लागि ओमानसँगको खेलमा ब्याटिङ मुख्य चुनौतीका रूपमा रहने क्रिकेट विश्लेषक रवि तिमिल्सिना बताउनुहुन्छ ।“नेपालले समूह चरणमा आशा गरेअनुसार ब्याटिङ गर्न सकेको थिएन । टोलीले त्यसमा सुधार गर्दै सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल र ओमानबीचको विगत
 हालसम्म नेपाल र ओमानबीच एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा १० खेलमा भेट भएको छ । जसमा नेपालले चार खेल र ओमानले ६ खेलमा जित निकालेको विगत छ । पछिल्लोपटक नेपालले ओमानविरुद्ध गत मे महिनामा ओमानविरुद्ध खेलेको थियो । उक्त आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेपालले ओमानविरुद्ध ८१ रनको सानदार जित निकालेको थियो । नेपाल आज पनि सोही लय दोहो¥याउँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने योजनामा छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup